२४ बैशाख २०८१, सोमबार | May 6, 2024

हँसिया हथौडा चिन्हमा चुनाव लड्दा सजिलो हुन्छ : वामदेव गौतम



काठमाडौं । नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचनमा सहभागी हुने सहमतिपछि नेकपा (राष्ट्रिय एकत अभियान)का संयोजक वामदेव गौतम निर्वाचन आयोगको कार्यालय पुगेका छन् ।

मंगलबार दिउँसो आयोगको कार्यालय पुगेका उनले माओवादी केन्द्रको चुनाव चिन्ह लिएर आगामी संघीय निर्वाचन लड्ने तयारी भइरहेको र यसैको प्रक्रियाबारे विषय बुझ्न आएको प्रतिक्रिया दिएका छन् ।

पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई र वामदेव गौतमले आगामी निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिन्ह ‘गोलाकारभित्रको हसिया हथौडा’ लिएर उठ्ने भएका छन् । आयोग परिसरमा संचारकर्मीसँग कुरा गर्दै गौतमले हँसिया हथौडाबाट चुनाव लड्दा आफुलाई सजिलो हुने बताए ।

गौतमले माओवादीको चुनावचिन्हबाट उठ्दा पछि आउने कानुनी जटिलताबारे बुझ्न आयोग आएको बताए ।

हाल राष्ट्रियसभा सदस्य रहेका गौतम प्रतिनिधिसभाबाट लड्न चाहेका छन् । गौतमले माओवादीसँग प्रतिनिधिसभामा एक सिट र प्रदेशसभामा दुईसिट मागेका छन् ।

 

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ३ : १७ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,