२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

लुम्बिनी प्रादेशिक अस्पतालमा सेटिङ प्रकरण : लेखा समितिले पनि काट्यो पत्र



बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणकालागि खुलाईएको टेण्डर प्रकरणमा लुम्बिनी प्रदेशसभा सार्वजनिक लेखा समितिले चासो देखाएको छ । लेखा समितिले सो टेण्डर प्रकरणमा चासो व्यक्त गर्दै प्रदेश पुर्वाधार बिकास प्राधिकरणका कार्यकारी प्रमुख छविराज पोखरेललाई लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणको ठेक्का प्रक्रियाका सम्पूर्ण कागजात लिएर उपस्थित हुन निर्देशन दिएको हो ।

लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणको ठेक्का प्रक्रियामै करोडौंको आर्थिक चलखेल गरि निश्चित कम्पनीलाई मात्रै ठेक्का प्रक्रियामा सहभागि मिल्ने गरि टेण्डर आव्हान गरिएको भन्दै यसअघि परेको उच्च अदालतको मुद्दा बिचाराधिन रहेकै बेला सार्वजनिक लेखा समितिले पनि उक्त निर्देशन दिएको हो ।

समितिको बुधवार बसेको बैठकले एक साता भित्र ठेक्का प्रक्रियाका सम्पूर्ण कागजात सहित प्रदेश पुर्वाधार बिकास प्राधिकरणका कार्यकारी प्रमुख छविराज पोखरेल आफै उपस्थित हुन निर्देशन दिएको समितिका सभापती विष्णु पन्थीले जानकारी दिए ।

पछिल्लो पटक सरकार परिवर्तन भएपछि गत फागुन ८ गते आव्हान गरिएको ठेक्का प्रक्रिया पनि मिलोमतोमा गरिएको र राज्यलाई एक अर्ब ४ करोड बढि नोक्सान हुने भन्दै प्राधिकरणका तत्कालिन कार्यकारी प्रमुख अनन्तराम घिमिरेले गत चैत १४ गते अस्पतालको टेन्डर रद्द गर्दै राजीनामा दिएका थिए । तर पुनः असार ९ गते आह्वान गरिएको अस्पताल भवन निर्माणको टेन्डर प्रक्रियामा पनि पुरानै नियती देखिएको भन्दै निर्माण व्यवसायीले आपत्ति जनाएका छन् ।

 

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ७ : ०१ बजे

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं। राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११

लोकतन्त्रको विकासमा जगतको अहम् भूमिका हुन्छ : मुख्यमन्त्री कँडेल

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले लोकतन्त्रको विकास,

खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर

त्रिवेणी । बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती-१७ का मीनबहादुर महतोले धान

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजबाट

काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु

डढेलो बस्तीमा पस्दा रामेछापमा एक जनाको मृत्यु

दोलखा । रामेछाप नगरपालिका-८ को काउले सामुदायिक वनमा लागेको डढेलो