१७ माघ २०८२, शनिबार | January 31, 2026

तयारी नपुगेको भन्दै माओवादी केन्द्रको स्थायी कमिटी बैठक सर्‍यो



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सारिएको छ । आज बिहीबार बिहान ९ बजेदेखि बस्ने तय भएको बैठक तयारी नपुगेको भन्दै दिउँसो ४ बजेका लागि सारिएको हो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बस्ने स्थायी समिति बैठकले माओवादीको पदाधिकारी टुंगो लगाउने बताइएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी प्रस्ताव गर्ने बताइएको छ ।

माओवादीको आठौं महाधिवेशन सकिएको सात महिना पूरा भइसक्दा पनि अहिलेसम्म पदाधिकारी, स्थायी समिति चुनिन सकेको छैन भने पोलिटब्यूरो र केन्द्रीय समितिले पूर्णता पाउन सकेको छैन ।

बुधबार बसेको स्थायी समिति बैठकले पदाधिकारी र स्थायी समितिका सदस्य बिहीबार टुंग्याउने निर्णय गरेको थियो । स्राेतका अनुसार आजको बैठकमा प्रचण्डले नेता देव गुरुङलाई महासचिव बनाउने तयारी गरेका छन् ।

 

प्रकाशित मिति : २ भदौ २०७९, बिहिबार  १० : ०० बजे

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक

इक्यान रुपन्देहीद्वारा केन्द्रीय समितिको नव निर्वाचित नेतृत्व सम्मान

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले इक्यान केन्द्रीय

नेपाल पत्रकार महासंघ रुपन्देहीद्वारा खेलकुद पत्रकारिता र फोटो पत्रकारिता पुरस्कार स्थापना

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले पत्रकारिताको विविध विधामा

‘आलु बिक्री गर्न बजारको समस्या छैन’

रामेछाप । सुनकोशी गाँउपालिका-३ स्थित झाङङ्गाझोली, बोहोरेटार र गणेश स्थान