३ पुस २०८२, बिहिबार | December 19, 2025

रुकुम नरसंहार र जातीय विभेद विरुद्ध सुनवलमा जनप्रदर्शन



बुटवल । रुकुमको चौरजहारीमा भएको जातीय नरसंहार र रुपन्देही देवदहकी नाबालिका हत्याका विरुद्ध आन्दोलन चर्किएको छ । हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै दिनहुँ प्रदर्शन भइरहेको छ ।

मंगलबार नवलपरासीको सुनवलमा कोरोना भाइरसको संकटका बिच पनि दोषीलाई कारवाहीको माग गर्दै जनप्रदर्शन भएको छ ।

नेपाल दलित एकता उत्थान समाज सुनवलको आयोजनामा दलित तथा अन्य गैरदलित समुदायको समेत सहभागितामा जातीय विभेद अन्तयको माग गर्दै सरकारले नरसंहार विरुद्ध छानविन गर्न आनाकानी नगर्न चेतावनी समेत दिइएको छ ।

जनप्रदर्शनपछि आयोजित विरोधसभालाई सम्बोधन गर्दै पूर्व सांसद तथा अधिकारकर्मी विनोद पहाडीले रुकुम चौरजहारी र देवदहकी अंगिरा पासीको हत्यामा संलग्नलाई कारवाही नहुँदासम्म निरन्तर आन्दोलनमा उत्रने बताउनुभयो ।

जनयुद्धको उदगम थलोमा अन्तरजातीय प्रेम गरेकै कारण सिंगो गाउँलेहरुको आक्रमणबाट नवलराज विक र उनका साथीहरुले ज्यान गुमाएको भन्दै यो नरसंहारमा संलग्नलाई कडा कारवाही गर्न सरकारको ध्यानआर्कषण गराउनुभयो ।

सरकारले दलितको छोराछोरी मारिदा पनि कुनै दुःख व्यक्त नगरेको भन्दै अब दलित समुदाय परम्परागत हतियार लिएर पनि मैदानमा उत्रने चेतावनी दिनुभयो । उहाले रुकुमका भएको हत्याकाण्ड विश्वकै दुर्लभ र निर्मम अपराध भएकाले यस घटनालाई राजनितिक संरक्षण गर्न खोजिए त्यसको मूल्य सरकारले चुकाउनुपर्ने उहाको भनाई छ ।

मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय बरिष्ठ उपसभापति गोविन्द खनालले मानवतामाथि नै लज्जाबोध हुने गरि रुकुम चौरजहारी घटना भएकाले यस निर्मम र क्रुर अपराधमा संलग्नलाई कारवाही नहुँदासम्म आफूहरु निरन्तर सडक आन्दोलनमा उत्रने बताउनुभयो ।

दलित समुदायमाथि हुने विभेद मानवअधिकारको बिषय भएको भन्दै जातका आधारमा हुने विभेद कुनै पनि हालतमा स्विकार्य नहुने उहाको भनाई छ । उहाले लकडाउनका बेलामा सडक संघर्षमा उत्रनु बाध्यता भएको भन्दै सरकारले दोषीलाई तुरुन्त कारवाहीको दायरामा ल्याउनका लागि उच्च स्तरीय छानविन आयोग गठनको माग दोहर्याउनुभयो ।

उक्त विरोधसभालाई सुनवल नगरपालिका वडा न. ५ का वडाअध्यक्ष थमनसिंह नेपाली, नेपाल कपडा तथा सिलाई व्यवसायी संघका केन्द्रीय सदस्य लोक बहादुर नेपाली, समाजसेवि बन्धुविक्रम क्षेत्री, नेकपा सुनवलका सचिव विर बहादुर विश्वकर्मा, समाजका सदस्य कस्यप विश्वकर्मा, सृजना विश्वकर्माले बोल्दै जातीय विभेदले सिमा नाघेको भन्दै दोषी कारवाही नभए देशैभर आन्दोलन चर्काउने बताउनुभयो ।

सुनवलमा भएको उक्त प्रदर्शनमा जातका आधारमा कहिलेसम्म दलितहरु मर्ने, हत्याकाण्डको निष्पष्क्ष छाविन गर, सरकार किन मौन छ जस्ता नारा सहितको प्लेकार्ड प्रदर्शन समेत गरिएको थियो ।

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलबार  ८ : ३८ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको