३० बैशाख २०८३, बुधबार | May 13, 2026

कुरिनटारमा ट्रकमा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु



चितवन । चितवनमा छुट्टाछुट्टै दुर्घटनामा आज तीनजनाको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको तथा रत्ननगरका अर्का एक व्यक्तिको ज्यान गएको हो ।

काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको ना६ख ५९१३ नंको ट्रकमा सोही दिशाबाट आउँदै गरेको बा८८प ५३०१ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक र त्यसमा सवार दुवैको मृत्यु भएको हो ।

पृथ्वी राजमार्गअन्तर्गत कुरिनटारमा भएको दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकल चालक दैलेखका २५ वर्षीय सरोज रोकाय र मोटरसाइकलमा सवार सर्लाहीको ईश्वरपुर गाउँपालिका–१ का ३१ वर्षीय सरोज माझी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

ठक्करबाट घाइते दुवै जनाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । ट्रक चालक इलाका प्रहरी कार्यालय मुग्लिनको नियन्त्रणमा छन् ।

यस्तै पूर्वी चितवनको रत्ननगरमा बोलेरोले जीपले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । रत्ननगर नगरपालिका–९ खगेरी पुलमा भएको दुर्घटनामा परी पैदलयात्री स्थानीय ७१ वर्षीय खड्कबहादुर रानामगरको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । घाइते रानामगरको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । ठक्कर दिने जीपको पहिचान खुल्न सकेको छैन । स्थानीयले अहिले सडक अवरुद्ध गरेका छन् ।

प्रकाशित मिति : ३ भदौ २०७९, शुक्रबार  ९ : ५९ बजे

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ ज्योतिप्रकाश पाण्डे पक्राउ

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौ । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य

रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन आगामी असार ७,

प्रधानमन्त्री बालेन्द्रको मौनब्रत कायमै, नीति तथा कार्यक्रमको जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको नीति तथा कार्यक्रममा उठेका

प्राविधिकतर्फ बुटवलको कालिका मानवज्ञान नेपाल प्रथम

बुटवल । बुटवल-१०, रुपन्देहीस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयएसईई परीक्षा २०८२