१९ पुस २०८२, शनिबार | January 3, 2026

कांग्रेस नेता प्रदीप गिरीको निधन



काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधन भएको छ। नेता गिरीको ७५ वर्षको उमेरमा निधन भएको हो । उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा उनको निधन भएको हो ।

समाजवादी चिन्तक कांग्रेसका सिद्धान्तबादी नेता गिरीको शनिबार राति ९ बजेर ३६ मिनेटमा निधन भएको नेपाली कांग्रेस संघीय संसदीयदलको कार्यालयले जनाएको छ ।

गिरी लामो समय भारतको मुम्वईमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल फर्केका थिए । छातीमा समस्या देखिएपछि उनलाई गत ९ साउनमा मेडिसिटी अस्पतालमा भर्ना भएका थिए ।

स्वर्गीय गिरीको पार्थिव सरिरलाई बिहान ९ बजेबाट ११ बजेसम्म मेडिसिटी अस्पताल परिसरको शिवालय मन्दिरमा र ११ः३० देखि २ः०० बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा अन्तिम श्रद्धान्जलीका लागि राखिने संसदीयदलले प्रकाशित शोक वक्तव्यमा उल्लेख छ ।

प्रकाशित मिति : ४ भदौ २०७९, शनिबार  ११ : १५ बजे

कांग्रेसलाई विभाजनबाट जोगिन एमाले नेता ज्ञवालीको आग्रह

काठमाडौं । नेपाली कांग्रेस विभाजनको संघारमा पुगेको जस्तो देखिएको संकटपूर्ण

नवलपुरमा सवारी जाँचपासमै कमिसनको खेल

नवलपुर । नवलपुरको यातायात ब्यवस्था कार्यलयमा सवारी साधन जाँचपास प्रक्रियामै

पोखरा-मुग्लिन सडक आयोजना : पश्चिम खण्डको तेस्रो पटक म्याद थप

कास्की । पृथ्वीराजमार्ग अन्तर्गत पोखरा-मुग्लिन सडक विस्तार तथा स्तरोन्नति योजना

म्याग्दीको मुनादेखि बागलुङको ढोरपाटन उपत्यकासम्म सवारी साधन पुग्यो

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका हुँदै बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन

बागलुङका ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग

बागलुङ । स्वास्थ्य सुविधालाई थप सहज बनाउन बागलुङका ४९ स्वास्थ्य