२३ पुस २०८२, बुधबार | January 8, 2026

लागूऔषध र बन्यजन्तुको आखेटोपहारसहित काठमाडौंबाट कारोबारी पक्राउ



काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–१० स्थित लोकतान्त्रिक चोकबाट प्रहरीले लागूऔषध र बन्यजन्तुको आखेटापहार कारोबार गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको खनियावास–१ घर भएका सुक बहादुर तामाङ छन् ।

भदौ ८ मा पक्राउ गरिएका तामाङको साथबाट लागुऔषध एम्फेटामाइन ७९ ग्राम, ४ किलो ९४ ग्राम चरेश र आखेटोपहार बरामद गरिएको लागूऔषध नियन्त्रण ब्यूरोका एसपी योगेन्द्र खड्काले रातोपाटीलाई बताए ।

काठमाडौंमा रहेको आरोपीको डेराबाट लागु औषध नियन्त्रण ब्यूरोको टोलीले १ हजार दरको १ थान नक्कली रुपैयाँ, २३६ थान नक्कली अमेरिकी डलर, ११ वटा सालकको खपटा, ६ वटा जंगली जनावरको दाँत, पंक्षीको खुट्टा ३ वटा र विभिन्न जनावरका हड्डीहरु बरामद गरेको छ ।

उनको साथबाट प्रहरीले भुटान, म्यानमारसहित ९ देशका मुद्रा बरामद गरेको छ । थाइल्याण्डबाट ल्याएको एम्फेटामाइन १० हजारमा बेच्न खोज्दा पक्राउ परेका सुकबहादुर २०७४ माघमा खैरो हेरोइन सहित पाकिस्तानमा पक्राउ परेर छुटेका थिए ।

प्रकाशित मिति : १० भदौ २०७९, शुक्रबार  ८ : ३६ बजे

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

सुर्खेत । बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

११५ दिन मन्त्री हुँदाको प्रगति विवरण सुनाउँदै सरकारबाट हटे कुलमान घिसिङ (पूर्णपाठ)

काठमाडौं । मन्त्रीपदबाट राजीनामा दिएर सिधै पत्रकार सम्मेलन गरेका कुलमान

ऊर्जामन्त्री घिसिङद्वारा राजीनामा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले राजीनामा दिनुभएको

ठुलो परिमाणको ब्राउन सुगरसहित रफिक खाँ पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणको लागुऔषध ब्राउजसुगर सहित १

उर्जामन्त्री कुलमान घिसिङले राजीनामा दिँदै, ९ बजे पत्रकार सम्मेलन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय उपाध्यक्ष स्वीकार गर्दै