२५ श्रावण २०८३, सोमबार | August 10, 2026

दूध र मासुमा कञ्चनपुर आत्मनिर्भर



कञ्चनपुर । कञ्चनपुर जिल्ला दूध र मासुमा आत्मनिर्भर बन्दै गएको छ ।

पछिल्लो समय जिल्लामा उन्नत नश्लका गाई र भैँसीको व्यावसायिक पालन हुनथालेपछि कञ्चनपुर आत्मनिर्भर हुँदै गएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरको तथ्याङ्कअनुसार दूध र मासु अन्य जिल्लामा यहाँबाट निर्यात हुन थालेको छ ।

कञ्चनपुरमा सात हजार दुई सय ४५ मेट्रिक टन मासुको माग रहेकोमा सात हजार तीन सय ८८ मेट्रिक टन मासु उत्पादन हुने गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका पशु चिकित्सक खडकबहादुर पाण्डेयले बताए । उनकाअनुसार एक सय ४३ मेट्रिक टन मासु सुदूरपश्चिमका पहाडी जिल्लामा निर्यात हुने गरेको छ ।

कञ्चनपुरमा ४७ हजार एक सय पाँच मेट्रिक टन दूधको माग भएकोमा ७० हजार सात सय ६० मेट्रिकटन दूध उत्पादन हुने गरेको छ । २३ हजार छ सय ५५ मेट्रिक टन दूध कैलाली र भारतमा निर्यात हुने गरेको छ । “कञ्चनपुर दूध र मासु आत्मनिर्भर भइसकेको छ”, पशुचिकित्सक पाण्डेयले भने, “दोधारा चाँदनीको उत्पादन भारत जाने गरेको छ भने अन्य ठाउँको कैलाली जिल्ला जाने गरेको छ ।”

उनका अनुसार पछिल्लो समय किसानले व्यावसायिक रुपमा पशुपालन गर्न थालेपछि जिल्लामा दूध उत्पादन बढेको हो ।

“सरकारबाट पनि किसानले अनुदान पाउन थाले र व्यावसायिक रुपमा लागे”, उनले भने, “अहिले किसानले घास खेती गर्न थालेका छन् यसकारण पनि दूध उत्पादन बढेको हो ।” दोधारा चाँदनी भारतीय बजार नजिक भएकाले यहाँको दूध भारत जाने गरेको छ भने अन्य ठाउँको दूध कैलालीको डिडिसीले खरिद गर्ने गरेको उनले जानकारी दिए ।

माछा र अण्डा भने केही मात्रामा अन्य जिल्लाबाट ल्याउनुपरेको छ । पाँच हजार एक सय ७६ मेट्रिक टन माछाको माग रहेकोमा जिल्लामा एक हजार पाँच सय ७५ मेट्रिक टन मात्रै यहाँ उत्पादन हुने गरेको छ । कञ्चनपुरमा २४ हजार आठ सय ४६ मेट्रिक टन अण्डा खपत हुने गरेको तर जिल्लामा २० हजार मेट्रिक टन अण्डा मात्रै उत्पादन हुने गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरले जनाएको छ ।

श्री उन्नत भैँसीपालन ब्लक समन्वय समिति दोधारा चाँदनीका संयोजक लालबहादुर पुनले दोधारा चाँदनीको दूध भारत र महेन्द्रनगर बजारमा बिक्री हुने गरेको जानकारी दिए । “भारतका व्यापारी दूध खरिदका लागि यही आउने गरेका छन केहीले महेन्द्रनगर बजारका डेरीमा लग्ने गरेका छन्”, उनले भने, “गाईभैँसीपालनबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका किसान समूह बनाएर व्यावसायिक रुपमा लागेका छन् ।”

उनले ४१ जनाको समूह बनाएर अहिले भैँसीपालन गरिरहेको बताए । “प्रधानमन्त्री कृषि परियोजनाबाट ७० लाख अनुदान पायौँ । त्यसले भैँसीपालनमा सहज भएको छ”, उनले भने, “हाम्रो समूहका अन्य ११ जनाले बाख्रापालन गरेका छन् ।”

उनकाअनुसार दोधारा चाँदनीबाट मम, सेकुवाका लागि महेन्द्रनगर बजारमा खसीबोका लाने गरिन्छ । “यहाँ उत्पादन धेरै छ, खपत कम छ त्यसकारण किसान समस्यामा परेका छन्”, उनले भने, “बेरोजगारीको समस्या आएपछि पछिल्लो समय सबै व्यावसायिक कृषिमा लागे ।”

व्यावसायिक रुपमा भैँसीपालनमा लागेका बेदकोट नगरपालिका–७ का गणेश भट्टले दूध उतपादन प्रशस्त हुने भए पनि यहाँ खपत कम हुने गरेको बताए। “हामीले यहाँका डेरी र केही गाउँघरमा दूध दिने गरेका छौँ”, उनले भने, “यहाँ प्रशोधन केन्द्र नहुँदा समस्या हुने गरेको छ ।”

मण्डी व्यवसायी समिति कञ्चनपुरका अध्यक्ष विशाल सुनारले यहाँ उत्पादन भएका बाख्रा, खसी काठमाडौँलगायत सहरमा जाने गरेको बताउनुभयो । “बाहिरबाट आउने व्यवसायीले महँगोमा खरिद गरेर लग्छन् यहाँ सस्तोमा बिक्री हुन्छ”, उनले भने, “यहाँ किसानले राम्रो मुल्य नपाउने भएपछि अन्यत्र बिक्री गर्ने गरेका छन् ।” उनका अनुसार कुखुराको मासुमा कञ्चनपुर आत्मनिर्भर भए पनि ३० प्रतिशत अण्डा बाहिरबाट आउने गरेको छ । रासस

प्रकाशित मिति : ११ भदौ २०७९, शनिबार  ९ : २१ बजे

प्रधानमन्त्री शाह र चिनियाँ राजदूत माओमिङबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका लागि जनवादी गणतन्त्र चीनका

ट्रमा सेन्टर ढल्केबरमै बन्छ, लहानमा ट्रमा युनिट : स्वास्थ्यमन्त्री

काठमाडौं । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको माग उठान

रासायनिक मल आपूर्तिलाई चुस्त बनाउन सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । सांसदहरुले मुलुकका विभिन्न भागमा बाढीपहिरोबाट जनधनको क्षति भएको

प्रतिपक्षले भन्यो – कालो चस्मा खोल्नुस्, प्रधानमन्त्रीज्यू, तपाईं एक्लो हुनुहुन्न

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्री वालेन्द्र शाह

समावेशी सञ्चारका लागि मातृभाषा पत्रकारितामा अन्तरराष्ट्रिय बहस

काठमाडौँ । ‘समृद्धिको आधार, पूर्ण समावेशी सञ्चार’ नाराका साथ तेस्रो