३ आश्विन २०८३, शनिबार | September 19, 2026

प्रधानमन्त्री देउवाबाट बुटवलमा अन्तराष्ट्रिय सम्मेलन केन्द्रको उदघाटन (फोटो फिचर)



बुटवल । काठमाडौं पछिको सबैभन्दा ठुलो अन्तरराष्ट्रिय सम्मेलन केन्द्रको बुटवलमा आज उदघाटन गरिएको छ । नवनिर्मित सम्मेलन केन्द्को प्रधानमन्त्री शेरबहादुर देउवाले उदघाटन गरे । सो अवसरमा बोल्दै प्रधानमन्त्री देउवाले नेपालमा पछिल्लो समय तिब्र गतिमा शहरिकरण बढी रहेको बताए ।

उनले शहरीकरणको विकासले आर्थिक र समाजिक विकासमा टेवा पुग्ने उल्लेख गर्दै शहरी पूर्वाधारको निर्माणमा स्थानीयतहको सहकार्य आवश्यक रहेको बताए । नेपालका दुई तिहाई जनता शहरमै बस्ने भएको भन्दै प्रधानमन्त्री देउवाले त्यसका लागि पनि स्वच्छ शहरको आवश्यक रहने बताए । उनले अन्तरराष्ट्रिय सम्मेलन केन्द्र आफैमा आत्मनिर्भर हुनु पर्ने उल्लेख गर्दै देउवाले सम्मेलन केन्द्रलाई उत्पादनशिल बनाएर आफ्नै क्षेमताले चल्न सक्ने बनाउनु पर्ने बताए ।

कार्यक्रममा बोल्दै संघीय सरकारका गृहमन्त्री बालकृष्ण खाँणले राज्यको लगानीबाट कसरी प्रतिफल निकाल्न सकिन्छ ? त्यस विषयमा सोँचेर त्यसै अनुसारको कार्यविधि बनाउन संबन्धित निकायलाई आग्रह गरे । सम्मेलनकेन्द्रले बढी बन्दा बढी व्यवसायीहरुलाई आकर्षण दिएर केन्द्रलाई आत्मनिर्भर बनाउन सुझाव दिए ।

एमालेका उपाध्यक्ष एवँ पूर्व अर्थमन्त्री विष्णु पौडेलले नेपालमा विकासको गफ नभएर विकासको काम चाहिएको उल्लेख गरे । उनले सम्मेलन केन्द्र संचालनका लागि तीनै तहका सरकारको सहकार्यमा संचालन कार्यविधि बनाउन सुझाव दिँदै दलिय आग्रह त्यागेर विकासको दृष्टिकोणमा एकाकार हुनु पर्ने बताए । सम्मेलन केन्द्रलाई सार्थक बनाउन पनि सरकारले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको दोस्रो चरणको परियोजना शुरु गर्न ढिलाई गर्न नहुने भन्दै पौडेलले त्यसको सबै व्यवस्था भईसकेको र सरकारले अगाडि बढ्न निर्देशन दिनमात्र बाँकी रहेको बताए ।

१ अर्व ३ करोड ७६ लाख लागतमा तयार भएको सम्मेलन केन्द्रमा १ हजार सिटको सभाहल सहित साना ठुला गरि २ हजार ७ सय जनाले १२ वटा हलमा सम्मेलन केन्द्रमा एकसाथ कार्यक्रम गर्न सक्ने छन् । ३ तलाको कर्मचारी अवास, ४ वटा सुरक्षा भवन, २ वटा काउण्टर, ४ सय चार पाङ्ग्रे तथा ४०० वटा २ पाङ्ग्रे सवारी अट्ने पार्किङ तथा ५ वटा प्रवेश र निकस गेट रहेको छ ।

प्रकाशित मिति : ११ भदौ २०७९, शनिबार  २ : ३९ बजे

अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब