२० बैशाख २०८३, आइतबार | May 4, 2026

आइतबार राष्ट्रियसभाको बैठक बस्ने, यस्ता छन् सम्भावित कार्यसूची



काठमाडौं । राष्ट्रियसभाको बैठक आइतबार बस्ने भएको छ । सङ्घीय संसद् सचिवालयले आइतबारका लागि तय भएको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले राष्ट्रपतिबाट पुनः विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउनेछन ।

यस्तै सचिव फुयालले नै प्रतिनिधिसभमा उत्पत्ति भई सो सभाबाट पारित भएका ‘बीमा विधेयक, २०७५’, ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६’, ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६’ सम्बन्धी प्रतिनिधिसभाबाट प्राप्त सन्देश र राष्ट्रियसभाले पारित गरी प्रतिनिधिसभामा पठाइएको ‘सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६’ लाई प्रतिनिधिसभाले संशोधनसहित फिर्ता पठाएको सन्देश सभासमक्ष टेबुल गर्नुहुने कार्यसूची छ ।

यस्तै राष्ट्रियसभाले पारित गरी सन्देशसहित प्रतिनिधिसभामा पठाइएका ‘शपथसम्बन्धी विधेयक, २०७८’, ‘तथ्याङ्क विधेयक, २०७६’, ‘स्ट्याण्र्डड नाप र तौल (पाँचौँ संशोधन) विधेयक २०७६’ र ‘प्रत्यायन विधेयक, २०७६’ का बारेमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी गराउने कार्यसूची छ ।

बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी सभा समक्ष गराइनेछ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९’ माथि प्रतिनिधिसभाबाट भएको संशोधन माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय गरिएको छ ।

प्रकाशित मिति : ११ भदौ २०७९, शनिबार  ८ : २९ बजे

‘सरकार प्रेस स्वतन्त्रता कुण्ठित गर्ने दिशामा अघि बढ्यो’

नेपालगन्ज । नेपालगन्जका अगुवा पत्रकारहरुले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति

लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे बोल्यो सरकार

काठमाडौँ । सरकारले लिपुलेक क्षेत्र नेपालको अभिन्न भू–भाग भएको प्रष्टीकरण

आगलागीबाट बत्तीस लाख बराबारको क्षति

काठमाडौँ । देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२

‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ‘होल्डिङ सेन्टर’का

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता