८ असार २०८३, सोमबार | June 22, 2026

नयाँ पुस्तामा पठनशैलीको विकास गर्न आवश्यक छ : मन्त्री गहतराज



नेपालगन्ज । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नयाँ पुस्तामा पठनशैलीको विकास गर्न अपरिहार्य रहेको बताएका छन् । १५ औं राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले बाँकेको कोहलपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री गहतराजले पछिल्लो समय पुस्तकालयमा गएर पढ्ने संस्कृती हराउँदै गईरहेको प्रति दुःख ब्यक्त गरे ।

उनले पुस्तकालयलाई प्रविधिसँग जोडेर कसरी थप प्रभावकारी बनाउन सकिन्छ भन्ने तर्फ ध्यान केन्द्रित गर्नुपर्ने धारणा राखे । “पछिल्लो पुस्ता पुस्तक अध्ययनमा भन्दा बढि सामाजिक संजालमा रमाउन थालेका छन्” मन्त्री गहतराजले भने, “आजको युगसँग पुस्तकालयलाई कसरी जोड्न सकिन्छ, त्यसतर्फ ध्यान दिनुपर्ने अवस्था आएको छ ।”

पुस्तकालयलाई जिवन र जगतका बारेमा अध्ययन गर्ने थलोका रुपमा समेत बुभ्mन जरुरी रहेको उनले बताए ।
ज्ञानोदय सामुदायीक पुस्तकालयलाई थप ब्यवस्थित र सुदृढ गर्न आवश्यक रहेको जिकिर गर्दै मन्त्री गहतराजले थप भौतिक संरचना निर्माणकालागि स्रोत ब्यवस्थापनमा सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । उनले कोहलपुरमा पुस्तकालय स्थापनाकालागि विगतमा भएका प्रयासहरुको समेत प्रशंसा गरेका थिए ।

पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईको अध्यक्षमा भएको कार्यक्रममा विभिन्न क्षेत्रका ३ जना विशिष्ट ब्यक्तिहरुलाई सम्मान गरीएको थियो भने पुस्तकालय दिवसकै अवसरमा आयोजित खुल्ला कबिता प्रतियोगिताका बिजयीहरुलाई समेत पुरस्कृत गरीएको छ ।

प्रकाशित मिति : १५ भदौ २०७९, बुधबार  ४ : ५५ बजे

राहदानी विभागका महानिर्देशकसहित १६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइसम्बन्धी कार्यमा भ्रष्टाचार

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद

रास्वपाको बन्दसत्र आजका लागि स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत सोमबारका

देवनगरमा ‘टाइगर सेन्चुरी’ बनाएर बाघ व्यवस्थापनको तयारी गर्दै सरकार

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चितवन राष्ट्रिय

माधव र रुबिना बने प्रथम लुम्बिनी क्लासिक विजेता

दांङ । राष्ट्रिय स्तरको प्रतिष्ठित खेलकुद प्रतियोगिता ‘प्रथम लुम्बिनी क्लासिक