९ आश्विन २०८३, शुक्रबार | September 25, 2026

आजको मौसम : प्रदेश-१ मा भारी वर्षाको सम्भावना



काठमाडौं । अहिले देशका केही स्थानमा वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नम्बर-१, मधेस प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली छ । बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली छ । बागमतीका थोरै र अरू प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश-१, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशका केही तथा अरू प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश-१ का एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति प्रदेश-१, मधेस, बागमती, गण्डकी प्रदेश र लुम्बिनीमा सामान्य बदली तथा अरू प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश-१, मधेस र गण्डकीका थोरै तथा अरू प्रदेशका एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १९ भदौ २०७९, आइतबार  ६ : ३६ बजे

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौँ । झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

बाँके, रुपन्देहीसहितका २५ जिल्लामा सवारी संचालनमा रोक, थप भारी वर्षा हुन सक्ने चेतावनी

नेपालगन्ज । बंगालको खाडीमा उत्पन्न भएको न्यूनचापीय चक्रको प्रभावले वर्षा

उद्धार गरिएका नरभक्षी बाघले बर्दिया निकुञ्जका खोर भरिए

नेपालगन्ज । मानव–वन्यजन्तु द्वन्द्व सृजना गर्ने सात ‘समस्याग्रस्त’ बाघको उद्धार

पाल्पामा पहिरोको बितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा । अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको

राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

काठमाडौं । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति रामचन्द्र