२७ श्रावण २०८३, बुधबार | August 12, 2026

दार्चुला बाढीपहिरो अपडेट : एक जनाको मृत्यु, सात वेपत्ता



दार्चुला । अविरल वर्षासँग गए राति दार्चुलामा आएको बाढी र पहिरोमा परी एक जनाको मृत्यु भएको छ । सात जना वेपत्ता छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदका अनुसार महाकाली नगरपालिका–४ स्थित लास्कुखोलामा आएको बाढीमा परी बेपत्ता भएका एकजनाको शव भेटिएको छ । उनको सनाखत हुन सकेको छैन । अन्य सात जना बेपत्ता छन् । महाकाली नदी र लास्कु खोलमा गए राति २ बजेपछि बाढी आएको थियो । खोला आसपासका केही घरसमेत बगाएको साउदले बताए ।

यसैगरी नौगाड गाउँपालिकामा पहिरामा पुरिएर दुईजना बेपत्ता भएका छन् । खोला आसपासका ११ घर बगाएको छ । सात जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको सहायक प्रजिअ साउदले जानकारी दिए । घटनामा भएको धनजनको क्षतिको यकिन विवरण आउन बाँकी छ ।

घटनास्थलमा परिचालित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले बेपत्ताको खोजी तथा उद्धार कार्य गरिरहेको छ ।

प्रकाशित मिति : २५ भदौ २०७९, शनिबार  ११ : ३६ बजे

आज राष्ट्रियसभामा तीन विधेयक पेश हुँदै, आजै सातवटा संसदीय समितिको बैठक पनि

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो बस्दैछ

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति

म्याग्दी । म्याग्दीमा निर्माणाधीन १३२ केभी क्षमताको डाडाखेत-राहुघाट प्रसारण लाइन

धनकुटाको भेडेटार ‘स्काइवाक’ नयाँ पर्यटकीय गन्तव्य

धनकुटा । यहाँस्थित भेडेटारमा सञ्चालित ‘स्काइवाक’ पछिल्लो समय नयाँ पर्यटकीय

विविध कार्यक्रमका साथ अन्तरराष्ट्रिय युवा दिवस मनाइँदै

काठमाडौं । विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तरराष्ट्रिय युवा दिवस

म्याग्दीमा पाँच प्रतिशतले आलु उत्पादन घट्यो

म्याग्दी । म्याग्दीमा यस वर्ष आलु उत्पादन घटेको छ ।