काठमाडौं । आजका लागि निर्धारण गरिएको राष्ट्रियसभा बैठक सूचना टाँस गरेर स्थागित गरिएको छ । बैकठ आज दिउँसो १२ः५९ बजे बस्ने तालिका थियो, तर राष्ट्रियसभात सूचना टाँसगरेर तीन दिनका लागि बैठक स्थागित गरेको हो ।
बैठक विशेष कारणले स्थगित गरिएकाे राष्ट्रियसभाले जनाएकाे छ । अब अर्को बैठक आगामी बुधबार दिउँसो १०ः५९ मा बस्ने छ ।
‘भदौ २६, आइतबार अपराह्न १२ः ५९ का लागि निर्धारण गरिएको संघीय संसद, राष्ट्रियसभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाको छ,’ राष्ट्रियसभाले टाँसोको सूचनामा भनिएको छ, ‘राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम भदौ २९ गते बुधबार बिहान १०ः ५९ बजे बस्ने गरी निर्धारण गरिएको छ ।’
यसअघि प्रतिनिधिसभाको बैठक पनि स्थगित गरिएको थियो । शनिबार लागि तय भएको प्रतिनिधिसभा बैठक पनि बुधबार नै बस्ने गरी स्थागित गरिएको थियो ।


















प्रतिक्रिया