९ असार २०८३, मंगलबार | June 23, 2026

ओलीले सांसदहरुलाई गरे बिदाई, गाउँ गएर पार्टीलाई विजयी बनाउन निर्देशन



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सांसदलाई बिदाइ गरेका छन् ।

शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले सांसदहरूलाई बिदाइ गरेका हुन् ।

उनले सांसदहरूलाई ४ मंसिरमा हुने निर्वाचनमा लाग्न निर्देशनसमेत दिए । ओलीले अब सबै सांसदहरुलाई गाउँ फर्किन र पार्टीलाई आगामी चुनावमा विजयी बनाउनेगरी खटिन निर्देशन समेत दिए । त्यसक्रममा ओलीले भनेका थिए, ‘सरकारले संसदको कार्यकाल लम्ब्याउने प्रपञ्च गर्‍यो । तर हाम्रोलागि भोलिदेखि संसदको कार्यकाल सकिएको छ, भोलिदेखि हामी संसदमा आउँदैनौं ।’

अध्यक्ष ओलीले अहिलेसम्म सांसदको रुपमा खेलेको भूमिका लागि सबै सांसदलाई धन्यवाद पनि दिए ।

२ असोजमा समानुपातिकको बन्दसूची बुझाउने कार्यतालिका भएकोले संसदको कार्यकाल सोही दिन सकिँदै छ ।

सोही कारण एमालेले शुक्रबार नै सांसदहरूलाई बिदाइ गरेको हो ।

प्रकाशित मिति : ३१ भदौ २०७९, शुक्रबार  २ : १७ बजे

विष्णु पौडेलको पक्राउप्रति एमालेको आपत्ति, बिनाशर्त रिहाइको माग

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गरिएको पक्राउ

रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण

भैरहवा । जिल्ला प्रशासन कार्यालय रूपन्देहीले चालु आर्थिक वर्ष २०८२/८३

विष्णु पौडेल सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । विशेष अदालतले पूर्वउपप्रधान तथा अर्थमन्त्री तथा नेकपा एमालेका

रास्वपाको बन्दसत्रमा पुगे प्रधानमन्त्री बालेन शाह

काठमाडौं । प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता

तिलोत्तमामा नेवारी परिकार बनाउने प्रशिक्षण सम्पन्न

तिलोत्तमा । नेवाः देय् दबु तिलोत्तमाको आयोजनामा सञ्चालित १० दिने