१ पुस २०८२, मंगलबार | December 16, 2025

तेक्वान्दो खेलाडीलाई सदस्य–सचिव सिलवालको राहत



काठमाडौं । कोरोना भाइरस (कोभिड– १९) का कारण समस्यामा परेका तेक्वान्दो खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालको तर्फबाट सहयोग स्वरुप शुक्रबार खाद्यान्न प्रदान गरिएको छ ।
दिलिप स्मृति तेक्वान्दो डोजाङका ४० खेलाडीलाई राहत वितरण गरिएको हो । करिब ५० हजार रुपैयाँ बराबरको राहत वितरण गरिएको थियो ।

सदस्य–सचिवका स्वकीय सचिव मनोज खड्गी, स्नुकरका चार पटकका राष्ट्रिय च्याम्पियन सरोजकुमार मुल्मी, तेक्वान्दो प्रशिक्षक हीरा थापा, डोजाङ प्रमुख राजेन्द्र खत्रीलगायतले खेलाडीलाई राहत वितरण गरे । सदस्य–सचिव सिलवाल आफै उपस्थित भइ राहत वितरण गर्ने कार्यक्रम भएपनि कार्य व्यस्ताका कारण उपस्थित हुन पाएनन् ।

काठमाडौं तेक्वान्दो कार्यसमितिको खेलाडीलाई सहयोग

काठमाडौं जिल्ला तेक्वान्दो कार्यसमितिले आफ्नो मातहतमा रहेका डोजाङ र विद्यालयमा प्रशिक्षण गर्ने तेक्वान्दो खेलाडीलाई सहयोग गरेको छ ।

कोरोना भाइरसको महामारीका कारण समस्यामा परेका काठमाडौं भित्रका तेक्वान्दो खेलाडीलाई काठमाडौं जिल्ला तेक्वान्दो कार्यसमितिले खाद्यान्न प्रदान गरेको हो । कार्यसमितिका सचिव कुमार लामा घिसिङले लकडाउनका कारण समस्या परेका ७० परिवारलाई खाद्यान्न प्रदान गरेको बताए । पहिलो चरणमा उनीहरूलाई चामल, दाल, तेल र नुन प्रदान गरिएको थियो । कार्यसमितिका सचिव घिसिङ, कोषाध्यक्ष बब्लु शिवाकोटी र खोटाङ जिल्ला तेक्वान्दो कार्यसमितिका अध्यक्ष अर्जुनभक्त राईको पहलमा कुल एक लाख ३६ हजार बराबरको खाद्यान्न प्रदान गरिएको थियो ।

पूर्वराष्ट्रिय खेलाडीसमेत रहेका हङकङमा बस्दै आएका राजु खड्काले २० बोरा चामल र ७० प्याकेट नुन, त्यसै गरि हङहङकमा बस्दै आएका नेत्र तिमल्सिना र विमला पुनले १० बोरा चामल, हाल कतार बस्दै आएका टेकप्रसाद गोतामेले ५ बोरा चामल, स्वयम्भु निवासी समाजसेवी राजु शाक्यले ७० लिटर तेल र कार्यसमितिका कोषाध्यक्ष बब्लु शिवाकोटी ,तेक्वान्दो खेलाडी प्रदीप कडेंल र तेक्वान्दो खेलाडी गोपाल भन्डारीले १ सय ४० किलो दाल प्रदान गरेका थिए । काठमाडौं जिल्ला तेक्वान्दो कार्यसमितिका सचिव कुमार लामा घिसिङले पहिलो चरण सहयोग गरिएको उल्लेख गर्दै लकडाउन धेरै लम्बिएमा समस्यामा परेका खेलाडी पहिचान गरी दोस्रो चरणमा सहयोग गर्ने बताए ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार  ९ : ०७ बजे

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि