५ बैशाख २०८३, शनिबार | April 18, 2026

तेक्वान्दो खेलाडीलाई सदस्य–सचिव सिलवालको राहत



काठमाडौं । कोरोना भाइरस (कोभिड– १९) का कारण समस्यामा परेका तेक्वान्दो खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालको तर्फबाट सहयोग स्वरुप शुक्रबार खाद्यान्न प्रदान गरिएको छ ।
दिलिप स्मृति तेक्वान्दो डोजाङका ४० खेलाडीलाई राहत वितरण गरिएको हो । करिब ५० हजार रुपैयाँ बराबरको राहत वितरण गरिएको थियो ।

सदस्य–सचिवका स्वकीय सचिव मनोज खड्गी, स्नुकरका चार पटकका राष्ट्रिय च्याम्पियन सरोजकुमार मुल्मी, तेक्वान्दो प्रशिक्षक हीरा थापा, डोजाङ प्रमुख राजेन्द्र खत्रीलगायतले खेलाडीलाई राहत वितरण गरे । सदस्य–सचिव सिलवाल आफै उपस्थित भइ राहत वितरण गर्ने कार्यक्रम भएपनि कार्य व्यस्ताका कारण उपस्थित हुन पाएनन् ।

काठमाडौं तेक्वान्दो कार्यसमितिको खेलाडीलाई सहयोग

काठमाडौं जिल्ला तेक्वान्दो कार्यसमितिले आफ्नो मातहतमा रहेका डोजाङ र विद्यालयमा प्रशिक्षण गर्ने तेक्वान्दो खेलाडीलाई सहयोग गरेको छ ।

कोरोना भाइरसको महामारीका कारण समस्यामा परेका काठमाडौं भित्रका तेक्वान्दो खेलाडीलाई काठमाडौं जिल्ला तेक्वान्दो कार्यसमितिले खाद्यान्न प्रदान गरेको हो । कार्यसमितिका सचिव कुमार लामा घिसिङले लकडाउनका कारण समस्या परेका ७० परिवारलाई खाद्यान्न प्रदान गरेको बताए । पहिलो चरणमा उनीहरूलाई चामल, दाल, तेल र नुन प्रदान गरिएको थियो । कार्यसमितिका सचिव घिसिङ, कोषाध्यक्ष बब्लु शिवाकोटी र खोटाङ जिल्ला तेक्वान्दो कार्यसमितिका अध्यक्ष अर्जुनभक्त राईको पहलमा कुल एक लाख ३६ हजार बराबरको खाद्यान्न प्रदान गरिएको थियो ।

पूर्वराष्ट्रिय खेलाडीसमेत रहेका हङकङमा बस्दै आएका राजु खड्काले २० बोरा चामल र ७० प्याकेट नुन, त्यसै गरि हङहङकमा बस्दै आएका नेत्र तिमल्सिना र विमला पुनले १० बोरा चामल, हाल कतार बस्दै आएका टेकप्रसाद गोतामेले ५ बोरा चामल, स्वयम्भु निवासी समाजसेवी राजु शाक्यले ७० लिटर तेल र कार्यसमितिका कोषाध्यक्ष बब्लु शिवाकोटी ,तेक्वान्दो खेलाडी प्रदीप कडेंल र तेक्वान्दो खेलाडी गोपाल भन्डारीले १ सय ४० किलो दाल प्रदान गरेका थिए । काठमाडौं जिल्ला तेक्वान्दो कार्यसमितिका सचिव कुमार लामा घिसिङले पहिलो चरण सहयोग गरिएको उल्लेख गर्दै लकडाउन धेरै लम्बिएमा समस्यामा परेका खेलाडी पहिचान गरी दोस्रो चरणमा सहयोग गर्ने बताए ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार  ९ : ०७ बजे

मनसुन पूर्वको वर्षाले घटायो वन डढेलो

काठमाडौं । हरेक वर्षको चैत महिना वन डढेलोको उच्च जोखिममा

बिस्केट जात्राको अन्तिम दिनः भक्तपुर र बोडेमा लिङ्गो ढालियो

भक्तपुर । आठ रात नौ दिनसम्म चल्ने बिस्केट जात्राको आज

मुस्ताङको छुसाङमा राताम्मे पहाडमा गुफाभित्र गुम्बा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ छुसाङमा राताम्मे पहाडको भित्ता

सिरुवारीमा ‘बेञ्चिङ’ बिधिबाट पहिरो रोकथाम

म्याग्दी । कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडक अन्र्तगत म्याग्दीको रघुगङ्गा गाउँपालिका-२

आज विश्व सम्पदा दिवस मनाइँदै

काठमाडौंं । सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले आज विश्व