१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

कोरोना भाइरस विरुद्धको लडाईंमा चीनबाट स्वेतपत्र जारी



काठमाडौं । कोरोना भाइरसको संक्रमण सबैभन्दा पहिला सुरु भएको छिमेकी चीनले कोरोना विरुद्धको लडाईंमा स्वेतपत्र जारी गरेको छ ।

चीनको राज्य परिष्द सूचना कार्यालयद्वारा ‘फाइटिङ कोभिड–१९ चाइना इन एक्सन’ शिर्षकको स्वेतपत्र जारी गरेको हो ।

चीन सरकारको स्वेतपत्रका अनुसार भाइरसविरुद्धको लडाईंमा चीनको प्रयासलाई सुरक्षित गर्दै बाँकी विश्वमा आफ्नो अनुभव सेयर गर्ने उद्देश्यले स्वेत पत्र जारी भएको हो । कोरोना विरुद्धको वैश्विक लडाईंमा आफ्नो विचार स्पष्ट गर्नकालागि स्वेत पत्र जारी गरेको चीनले जनाएको छ ।

स्वेत पत्रमा कोरोना महामारीलाई मानवताका लागि शताब्दीकै सबैभन्दा भयानक भन्दै विश्लेषण गरिएको छ ।

एउटा अज्ञात, अप्रत्याशित, र विनाशकारी रोगको सामाना गर्दै चीनले रोगलाई फैलिन नदिन नियन्त्रणका लागि दृढ लडाईं लडेको स्वेतपत्रमा उल्लेख गरिएको छ ।

‘मानिसको जीवन एवं स्वास्थ्यलाई पहिलो प्राथमिकता बनाउँदै चीनले व्यापक, कडा एवं पुरै मेहनतका साथ कोरोना भाइरस रोकथामका उपायहरु अपनाएको छ ।’ स्वेतपत्रमा दाबी गरिएको छ, ‘अब यो भाइरसको संक्रमण फैलिन नदिन सबै च्यानलहरु नियन्त्रण गर्न चीन सफल भएको छ ।’

महामारी विरुद्धको चिनियाँ लडाईं, आगोको परीक्षा, समन्वयकारी ढंगले रोकथाम, नियन्त्रण र उपचारमा सक्षम, भाइरस विरुद्ध बलियो भरपर्दो शक्ति निर्माण र स्वास्थ्यका लागि विश्व समुदायसँग हातमालो गरी स्वेतपत्रमा चार भाग रहेको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७७, आइतबार  २ : ४३ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो