२२ जेष्ठ २०८०, सोमबार | June 5, 2023

कोरोना भाइरस विरुद्धको लडाईंमा चीनबाट स्वेतपत्र जारी



काठमाडौं । कोरोना भाइरसको संक्रमण सबैभन्दा पहिला सुरु भएको छिमेकी चीनले कोरोना विरुद्धको लडाईंमा स्वेतपत्र जारी गरेको छ ।

चीनको राज्य परिष्द सूचना कार्यालयद्वारा ‘फाइटिङ कोभिड–१९ चाइना इन एक्सन’ शिर्षकको स्वेतपत्र जारी गरेको हो ।

चीन सरकारको स्वेतपत्रका अनुसार भाइरसविरुद्धको लडाईंमा चीनको प्रयासलाई सुरक्षित गर्दै बाँकी विश्वमा आफ्नो अनुभव सेयर गर्ने उद्देश्यले स्वेत पत्र जारी भएको हो । कोरोना विरुद्धको वैश्विक लडाईंमा आफ्नो विचार स्पष्ट गर्नकालागि स्वेत पत्र जारी गरेको चीनले जनाएको छ ।

स्वेत पत्रमा कोरोना महामारीलाई मानवताका लागि शताब्दीकै सबैभन्दा भयानक भन्दै विश्लेषण गरिएको छ ।

एउटा अज्ञात, अप्रत्याशित, र विनाशकारी रोगको सामाना गर्दै चीनले रोगलाई फैलिन नदिन नियन्त्रणका लागि दृढ लडाईं लडेको स्वेतपत्रमा उल्लेख गरिएको छ ।

‘मानिसको जीवन एवं स्वास्थ्यलाई पहिलो प्राथमिकता बनाउँदै चीनले व्यापक, कडा एवं पुरै मेहनतका साथ कोरोना भाइरस रोकथामका उपायहरु अपनाएको छ ।’ स्वेतपत्रमा दाबी गरिएको छ, ‘अब यो भाइरसको संक्रमण फैलिन नदिन सबै च्यानलहरु नियन्त्रण गर्न चीन सफल भएको छ ।’

महामारी विरुद्धको चिनियाँ लडाईं, आगोको परीक्षा, समन्वयकारी ढंगले रोकथाम, नियन्त्रण र उपचारमा सक्षम, भाइरस विरुद्ध बलियो भरपर्दो शक्ति निर्माण र स्वास्थ्यका लागि विश्व समुदायसँग हातमालो गरी स्वेतपत्रमा चार भाग रहेको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७७, आइतबार  २ : ४३ बजे

नेपाली ट्राभल कम्पनी ‘ह्याक’ हुँदा करोडौँ नोक्सान

काठमाडौं । ग्लोबल डिस्ट्रिव्युसन सिस्टम ‘जीडीएस’ मार्फत अन्तर्राष्ट्रिय उडानको टिकट

चलचित्रको निर्माण घट्दो

काठमाडौं । अघिल्लो वर्षको तुलनामा यस वर्ष चलचित्रको निर्माण सङ्ख्या

प्रधानमन्त्रीले सभामुखलाई भने, ‘प्रतिपक्षले उठाएको विषयमा आज जवाफ दिन्छु’

काठमाडौ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको अवरोध हटाउन छलफल सुरु

बिहारमा गंगा नदीमा निमार्णधिन चार लेनकाे पुल भाँच्चियाे

पटना । भारतको बिहारको भागलपुरमा गंगा नदीमा निर्माण भइरहेको पुल

पाल्पा जिप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ५ पुग्यो

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका-८, सत्यवती केवँरेछेडामा आइतबार बेलुकी