२१ मंसिर २०८२, आइतबार | December 8, 2025

ब्राउनसुगर नेपाल भित्राउँदै गरेका खजुराका सिमोन र ललित सहित ४ जना पक्राउ



बर्दिया । बर्दिया प्रहरीले ब्राउन सुगरसहित चारजनालाई पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–२ फुटाहाबाट उनीहरू पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको भे ८ प ३८०९ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा चार ग्राम सात सय मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।

चेकजाँचका क्रममा बाँकेको खजुरा गाउँपालिका–४ बस्ने सिमोन विक र ललित भुजेल पक्राउ परेका थिए । सोधपुछ गर्दा उनीहरूले खजुरा गाउँपालिका–१ बस्ने भानु सिग्देल र नेपालगन्ज उपमहानगरपालिका–४ बस्ने राजेश विकका लागि लागूऔषध ओसारपसार गरेको पत्ता लागेपछि चारैजना पक्राउ परेका हुन् ।

पक्राउ परेका चारैजनालाई बर्दिया जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हिक्मतबहादुर बोहोराले बताए ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ८ : ३१ बजे

महाधिवेशन प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा बासको व्यवस्था गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

इक्यान रुपन्देहीको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको सातौँ वार्षिक

राजनीतिक स्थितीलाई विगार्ने र निर्वाचनलाई प्राभावित गर्ने काम हामीबाट हुदैन : अर्थमन्त्री खनाल

नेपालगन्ज । नीजि क्षेत्रले नेपालगन्ज दिल्ली सिधा हवाई उडानका लागि

‘डिसइन्फर्मेसनबाट समाजलाई जोगाउन अति आवश्यक’

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेब