४ आश्विन २०८३, आइतबार | September 20, 2026

संविधान रक्षाका लागी बनेको गठबन्धन प्राकृतिक : कांग्रेस सहमहामन्त्री राठौर



खजुरा । नेपाली कांग्रेसका सहमहामन्त्री तथा गठबन्धनबाट बाँके क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार किशोर सिंह राठौरले संविधान रक्षाका लागी बनेको गठबन्धन प्राकृतिक भएको बताएका बताएका छन् । चुनावी प्रचारका क्रममा बाँकेको खजुरा ई गाँउ पुगेका राठौरले स्थानीय तहमा जसरी गठबन्धनबाट सरकार बन्यो त्यसरी नै अब प्रदेश र संघको सरकार बनाउन सके यहाँको विकास सहज हुने बताए ।

उनले आफु सँधै जनताको सेवाका लागी राजनीतिमा गरिरहेको दाबी गर्दै विकासका लागी आफु सँधै प्रतिबद्ध रहेको पनि बताए ।

प्रचार कार्यक्रममा बोल्दै माओवादी बाँकेका संयोजक एवं खजुरा गाउंपालिका अध्यक्ष डम्बर विक तुफानले खजुरा भत्काउनेलाई चुन्ने कि खजुरा बनाउनेलाई चुन्ने ? छुट्याउने बेला आएको बताए । ‘बालुवाटारर सिंहदरवारमा दबाव दिन सक्ने नेता उम्मेद्वारका रुपमा राठौरलाई पाएका छौं,अब उहाँलाई जिताउनु पर्ने छ ।’ अध्यक्ष तुफानले भने ।

खजुरा वडा नं. ४ का अध्यक्ष एवम माओवादी नेता देव वहादुर रोकायले सहभागीहरुलाई स्वागत गरेका थिए ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ११ : ३५ बजे

देवानगन्ज घटना : घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय

च्यासलमा एमाले सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा

चीनद्वारा चार नयाँ राडार उपग्रह सफलतापूर्वक प्रक्षेपण

बेइजिङ । चीनले शनिबार चारवटा नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण

भोटेकोशी बाढीपीडितको उद्धार र पुनर्स्थापनामा गम्भीर हुन सरकारलाई रास्वपाको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा

प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान

काठमाडौं । प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा ‘चाइना फोरम अन इन्टरनेशनल