१३ असार २०८३, शनिबार | June 27, 2026

आफ्नो क्षेत्रको विकासमा अर्जुन दृष्टि रहनेछ : कक्षपति



खजुरा । बाँके क्षेत्र नं. ३ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार किस्मतकुमार कक्षपतिले विकास र समृद्धिमै आफ्नो अर्जुन दृष्टि रहने बताएका छन् । घरदैलो अभियानमा जनता माझ पुगेका उम्मेदवार कक्षपतिले ५ वर्षभित्र गर्न सकिने काम मात्र घोषणापत्रमा राखिने बताए ।

बाँके क्षेत्र नं. ३ (ख) को सि गाउँ, पुलचौक, रिमझिम बजार र एल गाउँमा भएको भेटघाट तथा घरदैलोमा उम्मेदवार कक्षपतिले संसद चल्दा सदनमा र अन्य समयमा जनताको वीच रहने प्रतिवद्धता जनाए । उनले भने, नेताहरु चुनाव जितेर गएपछि फर्किएर आउँदैनन् भन्ने कुरा आफुले चिर्दै सँधै जनताकै माझमा हुनेछु ।

कक्षपतिले सो क्षेत्रमा पर्ने परसपुर–गौघाट सडकखण्ड र किरण नालाको पुल सम्पन्न गर्न आफ्नो पहिलो प्राथमिकता हुने बताए । उनले आफुले चुनाव जितेको खण्डमा जनता र पार्टीको शिर निहुरिन नदिने गरी काम गर्ने उल्लेख गर्दै सार्वजनिक खरिद ऐन संसोधन नै पहीलो आवाज हुने बताए ।

बाँके ३ प्रदेश (ख) का उम्मेदवार भीम ओलीले आफु जहिले पनि जनताको वीचमा हुने बताए । निर्वाचनमा आफु होमिनुका कारण पनि जनताको सेवक भएरै काम गर्न आफ्ना निर्वाचन क्षेत्रका समस्या राम्रो गरी बुझेकाले त्यसलाई समाधन गरिने प्रतिबद्धता व्यक्त गरे । जनताका माझमा गइरहँदा आफु निकै उत्साहित भएको उल्लेख गर्दै ओलीले पनि परसपुर गौघाट सडक निर्माणका लागि अर्जुन दृष्टि रहने कुरामा सहमति जनाए ।

 

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ९ : ०५ बजे

काठमाडौंमा बर्डफ्लु बढ्दै : एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

ललितपुर । काठमाडौं उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच-फाइभ

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा

काठमाडौं । न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम विश्वकप फुटबलको नकआउट चरणमा

धार्मिक दिब्यधाममा कृषि विकास बैंकले गरिदियो खानेपानीको प्रबन्ध

खजुरा । कृषि विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बाँकेको

‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-६ डाँगीमोडस्थित राप्ती राजमार्गमा

इराकमाथि ५-० को फराकिलो जित, सेनेगलको नकआउट सम्भावना जीवित

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘आई’ को