१९ बैशाख २०८१, बुधबार | May 1, 2024

रुकुम घटनाबारे अध्ययन गर्न गएको टोली फर्कियो



बुटवल । पचिश्म रुकुमको चौरजहारीमा भएको घटनाका बिषयमा मानवअधिकार तथा पत्रकारहरुको टोलीले स्थलगत अध्ययन अनुगमन गरेर बुटवल फर्केको छ ।

मानव अधिकार तथा शान्ति समाजको नेतृत्वमा मानव अधिकार र पत्रकारहरुको टोली गत शुक्रबार रुकुम र जाजरकोटको स्थलगत अध्ययन अनुमगमा गएको थियो ।

घटनाको वास्तविकता र पिडितहरुको अवस्थाबारे मृत्यू भएको जाजरकोट भेरी रानागाउँ, मटेला, घटना स्थल चौरजहारी सोतीगाउँ र प्रहरी प्रशासन तथा अन्य सरोकारवालाहरुसँग जानकारी लिने काम भएको मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय बरिष्ठ उपसभापति गोविन्द खनालले बताउनुभयो ।

पिडित परिवारले न्यायका लागि थालेका कानुनी प्रक्रिया, प्रहरी र प्रशासनले घटनाका सम्बन्धमा गरेका कामसँगै घटनाको वास्तविकताबारे प्रत्यक्षदर्शी र स्थानीयहरुसँग समेत कुराकानी गरेर टोली मंगलबार बुटवल फर्केको खनालले बताउनुभयो ।

घटनाको स्थलगत अध्ययन प्रतिवेदन केहि दिनमै सार्वजनिक गर्ने संविधानसभा सदस्य अधिकारकर्मी विनोद पहाडीले जानकारी दिनुभयो । घटना निकै संवेदनशिल भएकाले यससँग सम्बन्धित सबै पक्ष र निकायहरुलाई जिम्मेवार र पिडितलाई न्याय दिलाउन अध्ययनले थप मद्धत पुर्याउने बरिष्ठ पत्रकार राससका पूर्व अध्यक्ष बालकृष्ण चापागाईले बताउनुभयो ।

उक्त अध्ययन टोलीमा एडभोकेसी फोरमका अधिवक्ता शिव गौडेल, पत्रकार माधव नेपाल र विनोद परियारको सहभागिता थियो ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  ७ : ४२ बजे

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी

साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्र शिथिलताबाट बाहिर आउन