२२ माघ २०८२, बिहिबार | February 5, 2026

राष्ट्रिय स्वतन्त्र पार्टीले कहाँ-कहाँ जित्यो ?



काठमाडौं । रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ ।

मुलकभर मतगणना जारी रहँदा स्वतन्त्र पार्टीले काठमाडौंका १० मध्ये तीन निर्वाचन क्षेत्रमा जित हासिल गरेको हो ।

काठमाडौं-२ मा उपाध्यक्ष सोविता गौतम, ७ मा गणेश पराजुली र ८ मा विराजभक्त श्रेष्ठ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

गौतम १५ हजार २२९ मतसहित विजयी भएकी हुन् । उनले एमालेका मणिराम फुयाललाई हराइन । फुयालले ११ हजार ५५५ मत पाए । राप्रपाका कुन्तीदेवी पोखरेलले ११ हजार १४ मत ल्याउँदा पूर्वसभामुखसमेत रहेकी माओवादी केन्द्रकी ओनसरी घर्तीमगर ९ हजार ४४९ मतसहित चौथो स्थानमा रहिन् ।

काठमाडौं ७ मा पनि एमाले नै निकटतम प्रतिस्पर्धी बनेको छ । पराजुली ८ हजार ७४३ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका शिवकुमार घिमिरेले ६ हजार ८०० मत मात्र पाए  । माओवादी केन्द्रकी मानुषी यमी भट्टराईले ६ हजार ६३ मतमा चित्त बुझाइन् ।

काठमाडौं ८ बाट विराजभक्त श्रेष्ठ १० हजार १०५ मतसहित निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६ हजार १७४ मत पाए । सत्ता गठबन्धनका उम्मेदवार समेत रहेका एकीकृत समाजवादीका नेता तथा पर्यटनमन्त्री मन्त्री जीवनराम श्रेष्ठले ४ हजार ८७७ मत पाए ।

पाँच क्षेत्रमा लिड गर्दै स्वतन्त्र पार्टी

राष्ट्रिय स्वतन्त्र पार्टी मतगणना जारी भएका पाँच निर्वाचन क्षेत्रमा लिड गरिरहेको हो । सुनसरी-२ मा लालविक्रम थापा, काठमाडौं-६ मा शिशिर खनाल, चिवतन-१ मा हरि ढकाल र २ मा रवी लामिछाने तथा ललितपुर-३ मा तोसिमा कार्कीले लिड गरिरहेका हुन् ।

७ असार ०७९ मा मात्र गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी मुलुककै कान्छो दल हो ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ७ : ३२ बजे

पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

बाँके । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीले प्रदान गर्ने

हिउँले ढाकिएको छाङरूमा पहरा गर्दै सशस्त्र

दार्चुला । कठोर जाडोकाबीच पनि हतियारसहित गस्तीमा निस्किएका उनीहरु राष्ट्रको

प्रचण्डको घोषणा – निर्वाचनमा नेकपाले कुनै दलसँग गठबन्धन गर्दैन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

नवलपुर-१ : कांग्रेसको विरासत, वामको चुनौती र वैकल्पिक शक्तिको परीक्षा

नवलपुर । २०४८ सालदेखि निरन्तर नेपाली कांग्रेसको वर्चस्व रहेको नवलपुर

सुनको मूल्य तोलामा ९ हजार ५०० रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य उल्लेख्य रूपमा घटेको