६ जेष्ठ २०८३, बुधबार | May 20, 2026

चितवन भूमि आयोगमा थप चार हजार बढी निवेदन



चितवन । राष्ट्रिय भूमि आयोग जिल्ला समिति चितवनमा थप चार हजार तीन ९४ निवेदन परेका छन् । गत साउन ३१ गते प्रकाशन गरेको सूचनाअनुसार जग्गाको स्वामित्व, दर्ता श्रेस्ता, फिल्डबुक प्रमाणितका लागि उनीहरूले कार्यालयमा निवेदन दिएका हुन् ।

आयोगले साउन पहिलो साता निकालेको सूचनाका आधारमा तीन सय २७ जनाको निवेदन परेको भए पनि दोस्रोपटक निकालेको सूचनामा चार हजार ६७ जनाले निवेदन बुझाएका हुन् । आयोगको सूचनाअनुसार नेपाल सरकारले गठन गरेको आयोग, कार्यदल र समितिबाट वितरण गरेका जग्गाको स्वामित्व वा दर्ता श्रेस्ता एवं नक्सा प्रमाणितलगायतका विषयमा समस्या भएकाहरूले निवेदन दिएको आयोगले जनाएको छ । विगतका आयोगले, समिति कार्यदलका बाँकी काम सम्पन्न गर्नका लागि आवश्यक प्रमाणसहित उनीहरूले निवेदन दिएको कार्यालयकी नायब सुब्बा कल्पनाकुमारी कुँवरले जानकारी दिइन ।

थपिएका निवेदनसँगै आयोगको जिल्ला कार्यालयमा आठ हजार पाँच सय २६ जनाको निवेदन परेको उनले जानकारी दिए । आयोगको सुरुआती समयमा चार हजार एक सय ३२ वटा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको निवेदन परेको थियो ।

तीमध्ये अहिलेसम्म एक सय ७९ जनाले जग्गाधनी प्रमाण पुर्जा पाइसकेका छन् भने अन्यको प्रक्रियामा रहेको उनले बताए । आयोगले अहिले जिल्लाका कालिका नगरपालिका, माडी नगरपालिका र भरतपुर महानगरपालिकामा कामलाई तीव्रता दिएको छ । यसअन्तर्गत माडी नगरपालिकामा नौ सय कित्ताको नाप नक्सा भइसकेको छ भने कालिका नगरपालिकामा तीन हजार नौ ९४ कित्ता अर्थात् १३ लाख ८१ हजार छ सय १६ दशमलव नौ वर्गमिटरको नाप नक्साको काम सकिएको छ ।

भरतपुर महानगरपालिकामा १७ लाख ७३ हजार पाँच सय २९ दशमलव आठ सय ६६ वर्गमिटर जग्गाको नाप नक्सा सकिएको कुँवरले बताए । अहिले इच्छाकामना र रत्ननगरमा सम्झौताको काम भइरहेको कार्यालयले जनाएको छ । अन्य पालिकामा स्थलगत काम भइरहेको छ । -रासस

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ११ : ०४ बजे

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

काठमाडौं । अधिकारकर्मी रूबी खान र सरकारका प्रतिनिधिबीच मङ्गलबार पाँचबुँदे

सरकारलाई जवाफदेही बनाउन निलम्बन हुन पनि तयार छौँ : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका संसदीइ दलका नेता हर्क साम्पाले

सैतिस थान राहदानीसहित श्रेष्ठ नियन्त्रणमा

काठमाडौँ । प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ३७ थान राहदानीसहित एक

नेरामाविले भन्यो विद्यालयका हिसावकिताव पारदर्शी छ

खजुरा । बाँकेको खजुरा स्थित नेरामाबिले बिद्यालयका विषयमा सामाजिक सञ्जालमा

अतिक्रमण हटेपछि चिटिक्क बन्दै सडकपेटी

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले सहरको मुख्य सडक सुर्खेतरोडमा अतिक्रमण हटाएर