२४ बैशाख २०८१, सोमबार | May 7, 2024

अर्जेन्टिना बन्यो विश्व च्याम्पियन, मेस्सीको सपना साकार



काठमाडौं । कतारमा जारी विश्वकप फुटबल २०२२ को फाइनल खेलमा यसअघिको विजेता फ्रान्सलाई ४-२ पराजित गर्दै अर्जेन्टिनालाई विश्वच्याम्पियन बनेको छ । यससँगै लियोनल मेस्सीको आफ्नो देशलाई विश्वकप जिताउने सपना पुरा भएको छ ।

अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि उचाल्न सफल भएको हो । यो जितसँगै अर्जेन्टिनाले तीन पटक विश्वकप जित्ने मुलुक बनेको छ ।

अत्यन्तै प्रतिस्पर्धाको बीचमा भएको रोचक खेलको पहिलो हाफमा अर्जेन्टिनाले दुई गोल गरेको थियो । दोस्रो हाफमा फ्रान्सका एम्वाप्पेले दुई गोल नै फर्काउँदै खेललाई बराबरीमा पुर्याए । त्यसपछि थपिएको ३० मिनेटको अतिरिक्त समयमा अर्जेन्टिनाका लागि मेस्सीले पहिलो गोल गरे । त्यसको दुई मिनेट नवित्दै एम्वाप्पेले पेनाल्टीमा गोल गरेपछि पुनः खेल बराबरीमा पुग्यो ।

त्यसपछि भएको पेनाल्टीमा अर्जेन्टिनाले फ्रान्सलाई ४-२ले पराजित गरेको हो ।

मेस्सीका लागि आफ्नो अन्तिम विश्वकप पनि सुखद बनेको छ ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ११ : २० बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,