६ पुस २०८२, आइतबार | December 21, 2025

एकीकृत समाजवादीको संसदीय दलको बैठक जारी



काठमाडौं। नेकपा एकीकृत समाजवादीका नवनिर्वाचित सांसदहरुको बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा नवनिर्वाचित सांसदहरुको बैठक बसिरहेको हो ।

जारी बैठकमा निर्वाचनपछिको राजनीतिक अवस्था, गठनबन्धनको निरन्तरता, नयाँ सरकार गठनका विषयमा छलफल भइरहेको छ । यसअघि सोमबार नै एकीकृत समाजवादीका नवनिर्वाचित सांसदहरूले आपसमा बधाई साटासाट गरेका थिए ।

पार्टी केन्द्रीय आयोजित कार्यक्रममा प्रतिनिधिसभा र प्रदेश सभामा विजयी सांसदहरूले आपसमा बधाई साटासाट गरेका हुन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले नवनिर्वाचित सांसदहरूलाई फूलमाला लगाएर बधाई तथा शुभकामना दिएका थिए ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एकीकृत समाजवादीले १० सिट जितेको छ । तर तीन प्रतिशत थ्रेस होल्ड कटाउन नसक्दा एकीकृत समाजवादीले समानुपातिकबाट सिट जित्न सकेन ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  २ : २२ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा