२९ बैशाख २०८१, शनिबार | May 11, 2024

बाँकेकी निर्मला कुर्मी प्रकरणका आरोपित बादशाह कुर्मी प्रदेश सांसद, कारवाहीको माग गर्दै रिले अनशन शुरु



काठमाडौं । बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबीको ‘हत्या’मा संलग्नलाई कारबाहीको माग गर्दै महिला अधिकारकर्मी रुबि खानसहितका आन्दोलनकरीहरूले माइतीघरमा रिले अनशन थालेका छन् ।

आन्दोलनका लागि उनीहरू बाँकेबाट आज बिहानमात्र काठमाडौं पुगेका हुन् । यसअघि पटक पटक धर्ना र अनशन बसेपछि घटनाको छानवीन र कारवाही गर्ने सरकारी प्रतिबद्धताका आधारमा अधिकारकर्मीहरुले अनशन तोडेको थिए । कारवाही नगरेर उनीहरुले घटनामा संलग्न रहेको आरोप लगाएका कांग्रेस नेता बादशाह कुर्मीलाई टिकट दिएर प्रदेशसभामा विजयी बनेपछि उनीहरु पुनः अनशनमा बसेका हुन् ।

४ बिगाहा बढी जग्गाकी एक मालिक रहेकी निर्मला कुर्मीको जग्गामा शुरुमा पूर्व सांसद बादशाह कुर्मी र त्यसपछि दर्जन बढी जग्गा दलालहरुको आँखा गाडिएको देखिएको र उनीहरुले नै रहश्यमय तरिकाले निर्मलाको हत्या गरेको भन्दै रुबी खान सहितको अधिकारकर्मीहरुले किटानी जाहेरी दिंदै आन्दोलन गर्दै आएका छन् ।

निर्मला कुर्मीले ८ वर्षअघि अर्जुन कुर्मीसँग विवाह गरेर भारत गएको र भारतमै उनको मृत्यु भएको खुलेको प्रहरीले दाबी गरेपनि अधिकार कर्मी रुबी खान सहितको निर्मलाका आफन्तीहरुले नेपालगन्जबाट काठमाडौं सम्म पैदल पुगेर आमरण अनसन बसेपछि गठित छानविन आयोगले घटनाको अनुसन्धान गर्ने सिफारिस गरेपछि सो प्रकरण एकवर्ष अघि अनुसन्धानको दायरामा आएको थियो । नेपालगञ्जमा मजदुरी गर्न आएका अर्जुनसँग घरजम गरेर बसेकी कुर्मीको भारतमा २०७६ चैतमा मृत्यु भएको अनुसन्धानबाट थाहा भएको प्रहरीको दाबी छ ।

बाँके प्रहरीले निर्मलाको नाममा रहेको सम्पत्ती हडप्न जोर जबर्जस्ती गरेको, बिभिन्न जाल झेल गरेको देखिएपनि हत्या भएको पुष्टी हुन नसक्ने दाबी गर्दे आएको छ । सम्पत्ती हडप्ने कार्यमा अनुसन्धान गर्न सकिने भएपनि निर्मलाको अपहरण र हत्याको पुष्टी हुन नसकेको प्रहरीले बताउँदै आएको छ ।

अधिकारकर्मि रुबी खान सहितको टोलीले भने निर्मलाको सम्पती हडपेर लुम्बिनी प्रदेशसभा सांसद बादशाह कुर्मी सहितको समूहले अपहरण गरेको र अपहरण पछि हत्या भएको भन्दै आन्दोलन गर्दै आएका छन् । निर्मलाको बिबाह नाटकियरुपमा गराईएको र मजदुरी गर्ने व्यक्तिलाई आर्थिक प्रलोभन देखाई जग्गा हडपेपछि भारत पठार्इएको रुबी खानको भनाई छ ।

बिबाह गरेको भनिएका अर्जुनले समेत प्रहरी समक्ष आरोपी रमेश थापाको प्लाई उद्योगमा २० दिन बढी बन्धक बनाएर सहीछाप गर्न लगाएको बयान दिएबाट अपहरणको मुद्दा पुष्टी हुने आन्दोलनरत पक्षको भनाई छ । निर्मलाका आफन्तले प्रहरीलाई अपहरण पछि हत्या भएको दावी गर्दै किटानी जाहेरी दिएका थिए । निर्मलाको जग्गा शुरुमा पार्वती विष्टको नाममा गएको र त्यसपछि रमेश थापाकी श्रीमती रत्न थापाका नाममा पास भएको थियो । महिला अधिकार मञ्चका अनुसार निर्मलाबाट पार्वतीले जग्गा लिएको देखाइएको छ । तर विष्टले थापाबाट तमसुक गरेर लिएको पैसा तिर्न नसकेपछि अदालतमार्फत जग्गा दिलाएको देखिन्छ । प्रक्रिया पुर्‍याउन मालपोतकै केही कर्मचारी खजुरा रोडस्थित थापाको प्लाइउड फ्याक्ट्रीमा गएर पास गरेको मञ्चको आरोप छ ।

प्रहरीले भारतमा बिबाह गरेको भनिएका पतिअर्जुन कुर्मीले समेत निर्मला र आफूलाई बन्धक बनाएर रमेशले किर्ते कागज गरी निर्मलाको जग्गा हडपेको एक वर्ष अगाडि नै खुलासा गरेका थिए ।

केहीदिन प्लाई उद्योगमा बन्धक बनाएर त्यसपछि २० हजार दिएर भारतको अयोध्या घुम्न पठाइएको अर्जुनले बताएका थिए । घुमेर आउँदा निर्मला कुर्मीको सबै जग्ग्गा भुक्याएर रमेशले आफ्नो नाममा पास गराएको अर्जुनले प्रहरीको बयानमा खुलाएका छन् ।

निर्मलाको नाममा रहेको जग्गा विभिन्न षड्यन्त्र गरेर २०६९ भदौ ७ मा बर्दिया धधवार–४ घर भई नेपालगन्ज परस्पुर बस्ने पार्वती विष्टको नाममा पास गरिएको थियो ।

निर्मलाको नामको केही जग्गा पार्वती विष्टको नाममा आइसकेपछि पार्वती विष्टले रमेश थापाकी श्रीमती रत्न थापाबाट पटक–पटक ठूलो रकम तमसुक गरी लगेको र उक्त तमसुकब मोजिमको रकम नतिरेकाले उक्त बिगोबमोजिमको रकम असुलउपर गराउन मुद्दा हालिएको थियो । जिल्ला अदालत बाँकेले २०७३ भदौ २० मा विष्टले पैसा तिर्न नसकेकाले उनको नाममा रहेको जग्गा थापाको नाममा सार्ने फैसला गरेको थियो । यसरी निर्मलाको जग्गा थापाको नाममा पक्का बनाउन अदालतबाटै घुमाउरो फैसला गरिएको थियो । उक्त फैसलालाई आधार मानेर ४ बिघा १० कट्ठा जग्गा ९७ लाख १३ हजार रुपैयाँमा लिलाम प्रक्रियामा लगेको देखिन्छ ।

धनसम्पत्तिका लागि निर्मलाको अपहरण गरी हत्या गरेको आरोपमा बादशाह कुर्मी, रमेश थापाकी श्रीमती रत्न थापा, पार्वती विष्ट, कृष्णमुरारी सिंह, कुँवर बब्बन सिंह, उर्मिला कनौजिया, अमरलाल कुर्मी र धीरेन्द्र सिंहका नाममा जिल्ला अदालतमा बाँकेस्थित महिला अधिकार मञ्चकी केन्द्रीय सदस्य मनकुमारी गुरतालको तर्फबाट मुद्दा दायर गरिएको थियो ।

बाँके प्रहरीले निर्मलाको जग्गा हडप्ने उद्देश्यले घटनाहरु भएको पुष्टि हुने आधार देखिएपनि निर्मलाको हत्या भएको भन्ने कुराको आधार नभेटिएको बाँके प्रहरीले बताउँदै आएको छ ।

अपहरण गरेर शरिर बन्धक बनाईएको भनिएको रमेश थापाको प्लाई उद्योगमा भारतीय पति अर्जुन र निर्मलालाई नै बन्धक बनाईएको बयान अर्जुनले प्रहरीलाई दिएपछि भने जग्गा हडप्न ठुलै समुह सक्रिय रहेको आन्दोलनकारी अधिकाकर्मीहरुको आरोप छ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  ५ : ४९ बजे

न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी

काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी

लियोको ३२५ पी नेपालको अध्यक्षमा रुपन्देहीकी श्रद्धा कुँवर

बुटवल । लियो ३२५ पी नेपालको अध्यक्षमा श्रद्धा कुँवर निर्वाचितभएकी

मैत्रीपूर्ण फुटबल प्रतियोगितामा मदन भण्डारी स्पोर्ट्स एकेडेमी विजयी

बुटवल । खेलकुदमार्फत भातृत्व विकास गर्ने उदेश्यका साथ शनिबार बुटवलमा

नेवाः सेवा समिति बुटवलको १५ औं वार्षिक साधारणसभा सम्पन्न

बुटवल । श्री नेवा: सेवा समितिको १५ औ वार्षिक साधारण

अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिताकाे उपाधि बुटवललाई

बुटवल । बुटवलमा भएको अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल