१९ असार २०८३, शुक्रबार | July 4, 2026

गृहमन्त्री लामिछानेको पहिलो निर्णय कार्यान्वयनमा, डीआईजीको नेतृत्वमा निर्मला पन्त प्रकरणको छानबिन समिति



काठमाडौं । निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने निर्णयमा हस्ताक्षर गरेरे गृहमन्त्रीको कार्यभार सम्हालेका गृहमन्त्री रवि लामिछानेको निर्देशनमा निर्मला हत्या प्रकरणमा अनुसन्धानका लागि फेरि नयाँ समिति गठन भएको छ ।गृहमन्त्री लामिछानेको निर्देशनका आधारमा अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालय, नक्सालले नयाँ अनुसन्धान समिति गठन गरेको हो ।

गृहमन्त्रीको पहिलो निर्णय कार्यान्वयन गर्दै प्रहरी प्रधान कार्यालय, नक्सालले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) की प्रहरी नायब महानिरीक्षक (डीआईजी) दुर्गा सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । समितिमा ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) कमल थापा, प्रहरी निरीक्षक (इन्स्पेक्टर) धिरेन्द्र रोकाया, मनोचिकित्सक डा. राजेश दत्त सहितका सदस्यहरु छन् ।

उनीहरुलाई निर्मला प्रकरणको अनुसन्धान नयाँ शिराबाट गर्न कार्यादेश दिइएको बताइएको छ । सिंह प्रहरी उपरीक्षक (एसपी) हुँदा पनि कञ्चनपुर पुगेर निर्मला हत्या प्रकरणको अनुसन्धानमा खटिएकी थिइन् । अन्य सदस्यहरु पनि यसअघि घटनाको अनुसन्धानमा संलग्न अधिकृतहरु हुन् ।

१० साउन २०७५ मा कञ्चनपुरको भीमदत्त नगरपालिका २, उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको शव भेटिएको थियो । कक्षा ९ मा पढ्ने बालिका निर्मलाको बलात्कारपछि हत्या भएको अनुसन्धानबाट पुष्टी भएको थियो ।

उपप्रधान एवं गृहमन्त्री लामिछाने शुक्रबार निरीक्षणका लागि प्रहरी प्रधान कार्यालय, नक्साल पुगेका थिए । त्यसक्रममा उनले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख उत्तमराज सुवेदीसहितका अधिकृतहरुलाई राखेर प्रकरणमा भएको प्रगतिबारे जानकारी समेत लिएका छन् ।

ब्रिफिङमा सहभागी एक अधिकृतका अनुसार त्यसक्रममा अधिकृतहरुले डीएनएमा मात्र भर पर्दा अनुसन्धान अलपत्र परेको बताएका थिए । उनीहरुले अहिलेसम्मको वस्तुस्थिति बताउँदै फेरि नयाँ शिराबाट अनुसन्धान थालिएको बताएका थिए ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  १० : १४ बजे

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पत्रकारसँग आन्तरिक राजस्व कार्यालयको कर अन्तरक्रिया

नेपालगन्ज । । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले बाँकेका क्रियाशील पत्रकारहरुसँग

सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, सहकुलपतिसँग शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०