२८ बैशाख २०८१, शुक्रबार | May 10, 2024

गृहमन्त्री लामिछानेको पहिलो निर्णय कार्यान्वयनमा, डीआईजीको नेतृत्वमा निर्मला पन्त प्रकरणको छानबिन समिति



काठमाडौं । निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने निर्णयमा हस्ताक्षर गरेरे गृहमन्त्रीको कार्यभार सम्हालेका गृहमन्त्री रवि लामिछानेको निर्देशनमा निर्मला हत्या प्रकरणमा अनुसन्धानका लागि फेरि नयाँ समिति गठन भएको छ ।गृहमन्त्री लामिछानेको निर्देशनका आधारमा अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालय, नक्सालले नयाँ अनुसन्धान समिति गठन गरेको हो ।

गृहमन्त्रीको पहिलो निर्णय कार्यान्वयन गर्दै प्रहरी प्रधान कार्यालय, नक्सालले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) की प्रहरी नायब महानिरीक्षक (डीआईजी) दुर्गा सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । समितिमा ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) कमल थापा, प्रहरी निरीक्षक (इन्स्पेक्टर) धिरेन्द्र रोकाया, मनोचिकित्सक डा. राजेश दत्त सहितका सदस्यहरु छन् ।

उनीहरुलाई निर्मला प्रकरणको अनुसन्धान नयाँ शिराबाट गर्न कार्यादेश दिइएको बताइएको छ । सिंह प्रहरी उपरीक्षक (एसपी) हुँदा पनि कञ्चनपुर पुगेर निर्मला हत्या प्रकरणको अनुसन्धानमा खटिएकी थिइन् । अन्य सदस्यहरु पनि यसअघि घटनाको अनुसन्धानमा संलग्न अधिकृतहरु हुन् ।

१० साउन २०७५ मा कञ्चनपुरको भीमदत्त नगरपालिका २, उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको शव भेटिएको थियो । कक्षा ९ मा पढ्ने बालिका निर्मलाको बलात्कारपछि हत्या भएको अनुसन्धानबाट पुष्टी भएको थियो ।

उपप्रधान एवं गृहमन्त्री लामिछाने शुक्रबार निरीक्षणका लागि प्रहरी प्रधान कार्यालय, नक्साल पुगेका थिए । त्यसक्रममा उनले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख उत्तमराज सुवेदीसहितका अधिकृतहरुलाई राखेर प्रकरणमा भएको प्रगतिबारे जानकारी समेत लिएका छन् ।

ब्रिफिङमा सहभागी एक अधिकृतका अनुसार त्यसक्रममा अधिकृतहरुले डीएनएमा मात्र भर पर्दा अनुसन्धान अलपत्र परेको बताएका थिए । उनीहरुले अहिलेसम्मको वस्तुस्थिति बताउँदै फेरि नयाँ शिराबाट अनुसन्धान थालिएको बताएका थिए ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  १० : १४ बजे

पञ्जावमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ६० रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले

नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर

बुटवल । नेपाल नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पताल बुटवल इकाई

मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी-जोमसोम-कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको

सङ्घीय संसदको बजेट अधिवेशन आजदेखि

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे अर्थात् बजेट