४ आश्विन २०८३, आइतबार | September 20, 2026

जाडो बढेपछि खजुराका विद्यालयहरु ३ दिनका लागि बन्द



खजुरा । बाँकेको खजुरा गाँउपालिकाले ३ दिनका लागि पालिकामा रहेका सबै बिद्यालय बन्द गर्ने निर्णय गरेको छ । अत्याधिक चिसो बढेपछि गाँउपालिकाले सूचना जारी गर्दै पुस २० गतेबाट २३ गते सम्मका लागि सामुदायिक तथा निजी विद्यालयहरु बन्द हुने जनाएको छ ।

बाँकेमा आजबाट लगातार सितलहर तथा बाक्लो हुस्सु र कुहिरो लागेसँगै अत्याधिक चिसो बढेको छ । चिसो र हुस्सुकै कारण आज नेपालगन्ज विमानस्थलबाट कुनै पनि उडान हुन सकेनन् भने बजारका चोकहरुमा स्थानीयले आगो तापेर बसिरहेका छन् ।

अत्याधिक चिसो बढेपछि बालबालिकाको स्वास्थ्यलाई मध्यनजर राख्दै बिद्यालय बन्द गर्ने निर्णय गरिएको खजुरा गाँउपालिका अध्यक्ष डम्बर बिकले बताए ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ९ : ०२ बजे

रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं । समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को

जनकपुरमा आगलागी, एक जनाको मृत्यु

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा आगलागी हुँदा

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही । मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको

तानसेनको मध्यकालीन पहिचान खोजिँदै

पाल्पा । ऐतिहासिक सहर तानसेनको मध्यकालीन पहिचान स्थापित गर्न पुराना

विकास-निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

तनहुँ । व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी