४ पुस २०८२, शुक्रबार | December 20, 2025

चीन र भारतीय सेनाबीचको झडपमा कम्तीमा २० भारतीय सैनिकको मृत्यु



एजेन्सी । चीनसँगको भिडन्तमा भारतका २० सैनिकको मृत्यु भएकाे छ । यस अघि मंगलबार  दिउँसो भारतीय सेनाका कर्णल र दुई सैनिकको मृत्यु भएको समाचार आएको थियो ।

भारतीय सुरक्षा स्रोतलाईै उदृद गर्दै भारतीय न्युज आजतकले झडपमा २० सैनिक मारिएको उल्लेख गरेको छ ।

सोमबार राति दुई देशको सेनाको बीचमा हिंसात्मक झडप भएको थियो । गल्वान भ्याली नजिक सोमबार राती दुई देशहरु बीचको वार्ता पछि सबै कुरा सामान्य हुंदै गएको भनिएको बेला अर्को एक झडप भएको बताईएको छ ।

भारतीय समाचार संस्था ईन्डिया टुडेले पनि स्रोतहरुलाई उल्लेख गर्दै २० भारतीय सेनाको हताहती भएको खबर छापेको छ ।

बेइजिङमा चिनियाँ विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ताले भारतीय सेनाले सोमबार साझ लाइन अफ एक्चुअल कन्ट्रोल पार गरेर चिनियाँ सीमाभित्र घुस्दै उत्तेजनात्मक र गैरकानुनी गतिविधि गरेको जनाएका थिए । उनले पूर्वसहमति पालना गर्न भारतलाई चेतावनी समेत दिए ।

नयाँ दिल्लीमा भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भारतले एलएसीलाई सँधै सम्मान गरेको बताउंदै चीनले पनि एलएसीलाई सम्मान गर्नु पर्ने बताएको थियो ।

एलएसीमा भएको यो झडप पछि, दिल्लीमा लगातार बैठकहरू भईरहेक छन् ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  १० : ३६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको