काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने थुनामुक्त भएकाछन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रहेका लामिछाने बलात्कारको अभियोगमा थुनामा रहेकोमा पाटन उच्चअदालतको आदेशअनुसार आज रिहा भएका हुन् ।
लामिछानेले उच्च अदालतलले माग गरेअनुसार २० लाख धरौटी काठमाडौं जिल्ला अदालतमा राखेलगत्तै रिहा भएका हुन् । अब उनले उच्च अदालतले दिएको पाँचबुँदे शर्त अनिवार्य पालना गर्नुपर्नेछ । अन्यथा उनको रिहा आदेश पुनः खारेजहुनेछ ।
यसअघि लामिछानेलाई थुनामुक्त गर्न केन्द्रीय कारागारबाट जिल्ला अदालत काठमाडौं लगिएको थियो ।
पाटन उच्च अदालतले हिजो लामिछानेलाई विभिन्न सर्तसहित २० लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो ।



















प्रतिक्रिया