१६ असार २०८३, मंगलबार | June 30, 2026

८ औं मणिमुकुन्द रनिङ्गकप जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता माघ २४ गतेबाट सुरु



बुटवल । ८ औं मणिमुकुन्द रनिङ्गकप जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता माघ २४ गतेबाट हुने भएको छ ।

मणिमुकुन्द भलिबल क्लब तिलोत्तमाको आयोजनामा ८ औं मणिमुकुन्द रनिङ्गकप जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु हुने भएको हो ।

“स्वास्थ्यको लागि खेलकुद रास्ट्रको लागि खेलकुद” भन्ने मुल नारा सहित तिलोत्तमा नगरपालिका वडा नं. २ स्थित क्लबको आफ्नै खेलमैदानमा माघ २४ गतेदेखी २८ गतेसम्म प्रतियोगिता हुने मणिमुकुन्द भलिबल क्लबका संरक्षक तथा यस प्रतियोगिताका संयोजक सुरेन्द्र सुरेन्द्र गुरुङ्गले जानकारी दिए ।

जिल्लामा नयाँ खेलाडीहरुको उत्पादनका साथै खेल क्षेत्रको प्रबद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले बताए । प्रतियोगिताको तयारी तीब्र पारिएको र अहिले मैदान व्यवस्थापन, प्रायोजक, सहप्रायोजकहरु खोज्ने काम भइरहेको भण्डारीले बताए ।

प्रतियोगितामा प्रथम पुरस्कार नगद १ लाख ५० हजार सहित रनिङकप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यस्तै द्धितिय पुरस्कार नगद १ लाख, कप, मेडल र प्रमाणपत्र, तृतीय पुरस्कार नगद ५५ हजार, कप, मेडल र प्रमाणपत्र तथा चौथो पुरस्कार नगद ३० हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका पूर्व अध्यक्ष मिलन रानाले जानकारी दिए ।

त्यस्तै उत्कृष्ट खेलाडीलाई नगद १० हजार र अन्य विधामा उत्कृष्ट हुनेले नगद ५ हजार सहित प्रमाणपत्र प्राप्त गर्ने रानाले बताए ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  १० : ४७ बजे

तीन करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद

रसुवा । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म रसुवा भन्सार

इन्जुरी समयमा मार्टिनेली चम्किए, ब्राजिल अन्तिम १६ मा प्रवेश

काठमाडौं । अतिरिक्त समयको इन्जुरी समयमा ग्याब्रिएल मार्टिनेलीले निर्णायक गोल

जर्मनीको विश्वकप यात्रा समाप्त, पेनाल्टीमा पाराग्वेसँग स्तब्ध

काठमाडौं । चार पटकको विश्वविजेता जर्मनीको विश्वकप यात्रा नकआउट चरणमै

आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

लमजुङ । यात्रा गर्न जोखिम बढेको भन्दै आजदेखि रात्रिकालीन समयमा

सङ्खुवासभाको सिलिचोङमा पहिरो जाँदा सात परिवार विस्थापित

सङ्खुवासभा । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ मा लगातारको वर्षापछि आएको बाढीपहिरोले