२१ असार २०८३, आइतबार | July 5, 2026

प्रतिनिधिसभाद्वारा विमान दुर्घटनासम्बन्धी शोक प्रस्ताव पारित



काठमाडौं । आजको बैठकले पोखरामा गत आइतबार विहान भएको यती एयरलाइन्सको विमान दुर्घटनासम्बन्धी शोक पारित गरेको छ ।

बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले प्रस्तुत गरेको उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

काठमाडौंबाट पोखराका लागि प्रस्थान गरेको यती एयरलाइन्सको विमान आइतबार बिहान पोखरामा दुर्घटनाग्रस्त हुँदा चालक दलका चारसहित ७२ जनाको निधन भएको थियो । दुर्घटनामा निधन भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बैठकमा मौनधारण गरिएको थियो ।

यसअघि आजकै बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले विमान दुर्घटनाका बारेमा सदनलाई जानकारी गराएका थिए ।

प्रतिनिधिसभाको अर्को बैठक यही माघ ७ गते शनिबार अपराह्न १ बजे बस्नेछ ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  ३ : ५९ बजे

धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : पर्यटनमन्त्री पौडेल

म्याग्दी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले नेपालमा

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी

कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन

विराटनगर । गृहमन्त्री सुधन गुरुङले विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गा

नार्कका सम्पर्कविहीन दुई कर्मचारी बर्खास्त

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मातहतको नेपाल कृषि अनुसन्धान

पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्यो

काठमाडौं । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ