१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

पश्चिमाञ्चल पेट्रोलियम डिलर एशोसियशनको नवनिर्वाचित कार्यसमितबाट पदभार ग्रहण



बुटवल । पश्चिमाञ्चल पेट्रोलियम डिलर एशोसियशनको ८ औ अधिबेशनबाट निर्वाचित अध्यक्ष तथा कार्यसमिति सदस्यहरुले आजबाट पदभार ग्रहण गरेका छन् । एशोसियशनका नव निर्वाचित अध्यक्ष हिमाल गैरे सहित उनको निर्वाचित टिमले आजबाट सपथ ग्रहण गर्दै पदभार ग्रहण गरेका हुन् ।

नवनिर्वाचित अध्यक्षलाई निर्वाचन आयुक्त पत्रकार खिमानन्द भट्टराईले सपथ ग्रहण गराउँदै पदस्थापन गराएका थिए भने निर्वाचित पदाधिकारी र सदस्यहरुलाई अध्यक्ष गैरेले सपथ खुवाउँदै पदस्थापन गराएका थिए । कार्यक्रममा निवर्तमान बनेका प्रेम न्यौपानेले नव निर्वाचित अध्यक्ष गैरेलाई आफु बसेको सिटमा आसन ग्रहण गराउँदै एशोसियशनको अध्यक्षको पिन लगाइदिएका थिए ।

गत पुस १४ गते सम्पन्न साधारणसभाले गैरेको अध्यक्षतामा वरिष्ठ उपाध्यक्षमा योगेन्द्र गुप्ता, प्रथम उपाध्यक्षमा रजनीश राज आचार्य, द्वितीय उपाध्यक्षमा गोपालप्रसाद बस्याल, महासचिवमा हरिराम कसौधन निर्वाचित गरेको थियो ।

त्यस्तै सस्थाको कोषाध्यक्षमा विशाल गैरे, सचिवमा डासिराम अधिकारी, सहकोषाध्यक्षमा लोकप्रसाद भुसाल, सहसचिवमा घनश्यामप्रसाद कान्दु निर्वाचित भएका थिए ।

त्यस्तै सदस्यहरुमा दुर्गाप्रसाद चापागाई, भतरजङ्ग कुवँर, सुखराम बर्मा सोनार, प्रदिपकुमार कानोडिया, विजयकुमार जयसवाल, नारायणबहादुर विष्ट, सुनिल थापा, दिनेशकुमार कसौधन, मोहम्मद अस्लाम खान निर्वाचित भएका थिए ।

एशोसियशनको जिल्ला प्रतिनीधि सदस्यमा रुपन्देहीबाट अभिषेक भारी, नवलपरासीबाट राजेशकुमार गुप्ता, कपिलबस्तुबाट ढुण्डिराज अधिकारी, अर्घाखाँची–गुल्मीबाट कृष्णप्रसाद भुसाल, पाल्पा–स्याङ्जाबाट ज्ञानप्रसाद भट्टराई सहित लेखा समितिको संयोजक बृजेन्द्रकुमार कसौधन तथा सदस्यहरुमा नवराज भट्टराई र विष्णुप्रसाद यादवलाई पद तथा गोपनियताको सपथ गराएर पदभार हस्तान्तरण गरिएको निर्वाचन अधिकृत खिमानन्द भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ९ : ३४ बजे

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत