५ माघ २०८२, सोमबार | January 19, 2026

सडकमा तीन फिट हिउँ जमेपछियारी-हिल्सा सडक अवरुद्ध



सुर्खेत । लामो समयको हिमपातपछि चीनसँगको सीमावर्ती क्षेत्रको  हुम्लाको सिमकोट-हिल्सा सडकअन्तर्गतको यारी–हिल्सा सडक बन्द भएको छ । सडकमा तीन फिटभन्दा बढी हिउँ जमेपछि उक्त खण्डको सडक बन्द भएको हो । प्रमुख जिल्ला अधिकारी सीता परियारले दुई दिन लगातारको हिमपातपछि उत्तरी सीमा क्षेत्र यारीदेखि हिल्सासम्मको सडक यातायात बन्द भएको बताए ।

गत असोज कात्तिकमा परेको हिउँ सडकमा जम्दा त्यसयता सो क्षेत्रमा सडक बन्द हुँदै आएको थियो । उक्त सडकमा जमेको हिउँ गत पुस १७ र १८ गते नाम्खा गाउँपालिकाले डोजर लगाएर पन्छाएपछि साढे तीन महिनापछि सडक नियमित भएको थियो । उनले दुई हप्ताभन्दा बढी समय सञ्चालन भएको यारी-हिल्सा क्षेत्रको सडक यातायात सेवा पुनः बन्द भएको बताए ।

चार हजार छ सय मिटर अग्लो स्थानमा रहेको नारा लेक क्षेत्रको सडक हिउँले सेताम्मे भएपछि यातायात सेवा सञ्चालन हुन नसक्ने भएको हो । चीनले एकतर्फी नाका खुलाएपछि हिल्सामा व्यापारी प्रयोजनका लागि खाद्यान्न, लत्ताकपडा र विकास निर्माणको सामान हिल्सामा आयात भएको थियो । हिमपातले सडक बन्द भएपछि उक्त सामान हिल्सामै रोकिएको छ । सडक बन्द भएपछि सामानका साथै व्यापारी, सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी, यारी नाका भन्सारका कर्मचारी र हिल्साका स्थानीयलाई आउजाउमा समस्या भएको छ । अब सो क्षेत्रको हिमपात डोजरले नपन्छाएसम्म यातायात सेवा सञ्चालन हुने छैन ।

सिमकोटमा पहिलो हिमपात

उत्तरी नाम्खा गाउँपालिकामा तेस्रो पटक हिमपात भए पनि सदरमुकाम सिमकोटलगायतका क्षेत्रमा भने पहिलो पटक हिमपात शुक्रबार, शनिबार  पर्दा समस्य भएको छ । सुरुमा परेको हिउँ बिलाउने गरेको भए पनि यतिबेला भने एक फिटभन्दा बढी हिउँ जमिनमा जमेको छ । हिमपातले चिसो अत्यधिक बढेको छ भने दुई दिनदेखि हवाई सेवा बन्द छ । यस वर्षको पहिलो हिमपात भएका कारण स्थानीयमा भने खुसी ल्याएको छ ।

 

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ८ : ३२ बजे

नेपाली कांग्रेसले टुंग्यायो १४० निर्वाचन क्षेत्रमा उम्मेदवार (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेस संसदीय बोर्डले १४० निर्वाचन क्षेत्रको उम्मेदवारल

बाँके ३ मा दलबहादुरको टिकट खोसियो, अव एमाले उम्मेदवार सुमन मल्ल

खजुरा । आसन्न प्रतिनिधिसभा निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नम्बर ३

उद्योगी चुन्नप्रसाद पौडेललाई कांग्रेसले बनायो रुपन्देही-२ को उम्मेदवार

बुटवल । नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नं. २ बाट उद्योगी

बुटवल पुगेर विष्णु पौडेलले भने – ‘रुपन्देहीलाई मैले भुल्न कहाँ सक्छु’

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

काठमाडौं । बागलुङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाबीच