४ पुस २०८२, शुक्रबार | December 19, 2025

कोरोना अपडेट : विश्वभर ४लाख ६२ हजार ५१९ जनाको मृत्यु



एजेन्सी । महामारी बनेर विश्वका २१३ मुलुकलाई आक्रान्त बनाइरहेको कोरोना भाईरसका कारण अहिलेसम्म विश्वभर ४लाख ६२ हजार ५१९ जनाको मृत्यु भएको छ ।

त्यस्तै संक्रमितहरुको संख्या ८७ लाख ४६ हजार २ सय ३८ पुगेको छ भने ४६ लाख १९ हजार ६ सय ४५ जना निको भएका छन । चीनको बुहानबाट सुरु भएको कोरोना भाइरस संक्रमणको महामारीले सबैभन्दा बढी अमेरिकालाई प्रभावित बनाएको छ । जहाँ हालसम्म १२१३९६ जनाको मृत्यु भैसकेको छ भने संक्रमितको संख्या २२९५६२० पुगेको छ ।

त्यसैगरी ब्राजिलमा ४९०९० जनाको मृत्यु भएको छ भने १०३८५६८ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी मृत्युका हिसाबले कोरोना संक्रमणको तेस्रो बढी प्रभाव रहेको मुलुक ब्रिटेनमा ४२४६१ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ३०१८१५ पुगेको छ ।

त्यस्तै ईटलीमा हालसम्म ३४५६१ जनाको मृत्यु भएको छ भने २३८०११ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै फ्रान्समा २९६१७ जनाको मृत्यु भएको छ भने १५९४५२ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी कोरोनाका कारण स्पेनमा हालसम्म २८३१५ जनाको मृत्यु भैसकेको छ भने २९२६५५ जनामा संक्रमण फैलिएको छ ।

-यस समाचारमा मृतकको संख्या ४लाख ६२ हजार ५१९ जनाको हुनु पर्नेमा ४६ लाख १७ हजार ७२ हुन गएकोमा सच्याईएको छ । हाम्रो पाठकलाई पर्न गएको असुविधाप्रति क्षमा माग्दछौं (स.)

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ६ : २६ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज