११ माघ २०८२, आइतबार | January 25, 2026

सिंहदरबारमा आजबाट २४ सैं घन्टा मेलम्चीको पानी



काठमाडौं । सिंहदरबारमा पहिलो पटक मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुरु भएको छ ।

बुधबार पानी वितरण कार्यको परीक्षण सफल रुपमा सम्पन्न भए पछि आज देखी २४ घन्टा मेलम्चीको पानी नियमित रूपमा मुलुकको सबैभन्दा ठुलो प्रशाशनिक क्षेत्र सिंहदरबारमा वितरण कार्य सुरु हुन लागेको हो । जसअनुसार सिंहदरबारभित्रका सरकारी कार्यालय तथा निकायमा चौबिसै घण्टा मेलम्चीको पानी उपलब्ध हुनेछन ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) बानेश्वर वितरण केन्द्रका प्रमुख विजय विश्वकर्माका अनुसार बिहीबार बिहान १० बजेदेखि सिंहदरबारमा नियमित रूपमा मेलम्चीको पानी वितरण सुरु गरिने व्यवस्था मिलाई सकिएको छ । उनका अनुसार त्यसका लागि पाइप बिच्छयाउने, वितरण गर्ने, पानी बितरणको परिक्षण लगायत आवश्यक सबै तयारी पूरा भईसकेको छ ।

सिंहदरबारमा जाने मेलम्चीको पानी वितरणका लागि आयोजनाको अनामनगर पानी भण्डारण केन्द्रबाट २०० एमएमको थोक वितरण पाइप सिंहदरबारमा पठाइएको छ । सोही पाइपमा १५० एमएमको ६७० मिटर पाइप जडान गरी सिंहदरबारको पूर्वी गेटमा रहेको केयूकेएलको ट्याङ्कीमा पानी खसालि सकिएको छ । सोही ट्याङ्कीबाट सिंहदरबारमा २४ घन्टा नै पानी वितरण हुनेछ ।

सिंहदरबारमा ४६ लिटर प्रतिसेकेन्ड पानी पठाउन सिंहदरबारको उत्तरतर्फबाट पाइपहरु जडान गरिसकिएको छ । मेलम्ची खानेपानी आयोजनाले सिंहदरबारमा ‘पिक–आवर’ मा प्रतिसेकेन्ड ४० लिटर पानी आवश्यक पर्ने अनुमान गरेर खानेपानीको संरचनाहरु निमार्ण गरेको छ ।  जसअनुसार अब प्रतिसेकेन्ड ४० लिटर पानी सहज रूपमा चौबिसै घण्टा सिंहदरबार पठाउन सक्ने संरचना निर्माण गरिएको हाे ।

यसअघि बोरिङवाट सिंहदरबारमा पानी बितरण गरिदै आएको थियो । मेलम्चिवाट पानी वितरण हुने भए पछि सिंहदरवारको भुमिगत पानीको संरचनास्थल क्रमशः पुरानै स्थीतिमा फर्कने वातवरण विद्धहरुले जनाएका छन ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  ८ : ०७ बजे

अर्बुदरोग निवारण संस्थाले विश्व क्यान्सर दिवसमा सचेतना कार्यक्रम गर्ने

बुटवल । नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देहीले विश्व क्यान्सर

लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा छ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

सामाजिक सञ्जालको दुरुपयोग रोक्न निर्वाचन आयोगको पहल

काठमाडौँ । निर्वाचनमा सामाजिक सञ्जालबाट हुने निर्वाचन आचारसंहिता उल्लङ्घनको नियमन

राष्ट्रिय झन्डाको दुरुपयोग गरे कारवाही गर्ने गृहको चेतावनी 

काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च