१६ असार २०८३, मंगलबार | June 30, 2026

आठौं मणिमुकुन्द रनिङशिल्ड भलिबल प्रतियोगिता : गुल्मीलाई पराजित गर्दै नवलपुर फाइनलमा प्रवेश



बुटवल । रुपन्देहीको तिलोत्तमा जारी ८ औं मणिमुकुन्द रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगितामा जिल्ला भलिबल संघ गुल्मी उपाधि होडबाट बाहिरिएको छ ।

शुक्रबार बिहान भएको पहिलो सेमिफाईनल खेलमा जिल्ला भलिबल संघ नवलपरासी संग ३-१ को सेटले पराजित हुँदै उपाधि होडबाट जिल्ला भलिवल संघ गुल्मी बाहिरिएको हो । गुल्मीलाई पराजित गरेको जिल्ला भलिबल संघ नवलपुर जारी प्रतियोगिताको फाईनलमा पुगेको छ ।

अब दोस्रो सेमिफाईनल खेल अन्तर्गत जिल्ला भलिवल संघ स्याङजा र जिल्ला भलिबल संघ पर्वतका बीच हुँदैछ । प्रतियोगिताको फाईनल शनिबार हुनेछ ।

प्रतियोगिताको विजेताले रनिङ शिल्डसहित नगद १ लाख ५० हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी उप विजेताले १ लाख नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने तृतीय हुने समूहले ५० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ सान्त्वना हुने समूहले समेत ३० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले जानकारी दिए । विधागततर्फ उत्कृष्ट खेलाडीले नगद १० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैरी बेस्ट सेटर, बेस्ट स्पाइकर, बेस्ट डिफेन्डर, बेस्ट ब्लकर तथा म्यान अफ दि म्याचलाई पनि पुरस्कारको व्यवस्था गरिएको क्बलका वरिष्ठ उपाध्यक्ष किशन सन्दले जानकारी दिए ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  २ : ०६ बजे

प्रहरीद्वारा करिब २० लाख बढीको अवैध ‘आइफोन’ बरामद

बुटवल । रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ

अपराधअनुसार अनुसन्धान प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, लुम्बिनीको आयोजनामा रुपन्देहीमा सम्पन्न

कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना, चालकसहित २२ जना घाइते

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका-२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस

एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व सङ्कलन

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लोे २४ घण्टामा सडक अनुशासन पालना

बर्डफ्लु सङ्क्रमण : काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

काभ्रेपलाञ्चोक । काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी