४ भदौ २०८३, बिहिबार | August 20, 2026

आठौं मणिमुकुन्द रनिङशिल्ड भलिबल प्रतियोगिता : फाइनलमा स्याङजा र नवलपुर भिडदैं



बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी आठौं मणिमुकुन्द रनिङशिल्ड भलिबल प्रतियोगिताको उपाधीका लागि जिल्ला भलिबल संघ स्याङजा र जिल्ला भलिबल संघ नवलपुरका बीच प्रतिस्पर्धा हुने भएको छ ।

शुक्रबार भएको सेमिफाइनल खेलमा नवलपुरले जिल्ला भलिबल संघ गुल्मीलाई पराजित गर्दै उपाधि भिडन्तको यात्रा तय गरेको हो ।

नवलपुरले ३-१ को सेटमा जित निकालेको हो । उसले २५-२३, २५-१८, १९-२५ र २५-१९ को अंकसहित जित दर्ता गर्न सफल भएको हो । यसैगरी शुक्रबार नै भएको दोस्रो सेमिफाइनल खेलमा स्याङ्जाले जिल्ला भलिबल संघ पर्वतलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । उसले ३-० को सोझो सेटमा जित दर्ता गरेको हो । स्याङजाले पर्वतमाथि २५-२१, २५-१५ र २५-२० को अंकसहित जित निकाल्न सफल भएको हो ।

प्रतियोगिताको फाइनल प्रतिस्पर्धा शनिबार हुने आयोजक क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले जनकारी दिए । प्रतियोगिता अन्तरगत अन्तिम दिन शनिबार बिहान तेस्रो स्थानका लागि जिल्ला भलिबल संघ गुल्मी र जिल्ला भलिबल संघ पर्वतका बीच विहान १० बजेदेखि हुने खेल संयोजक सुरेन्द्र गुरुङले जानकारी दिए । यसैगरी फाइनल खेल दिउसो १ बजे हुने आयोजकले जनाएको छ ।

तिलोत्तमा–२ स्थित क्लबको खेल मैदानमा जारी प्रतियोगितामको विजेताले रनिङ शिल्डसहित नगद १ लाख ५० हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी उप विजेताले १ लाख नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने तृतीय हुने समूहले ५० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ सान्त्वना हुने समूहले समेत ३० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले जानकारी दिए ।

विधागततर्फ उत्कृष्ट खेलाडीले नगद १० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैरी बेस्ट सेटर, बेस्ट स्पाइकर, बेस्ट डिफेन्डर, बेस्ट ब्लकर तथा म्यान अफ दि म्याचलाई पनि पुरस्कारको व्यवस्था गरिएको क्बलका क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ४ : ०७ बजे

बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले अदालतबाट फैसला भई सजाय

उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलद्वारा २१ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठ)

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि संयुक्त प्यानलले

जनता टेलिभिजनका अध्यक्ष पौडेल रिहा

काठमाडौं । जनता टेलिभिजनका अध्यक्ष विजयप्रसाद पौडेल रिहा भएका छन्

दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ

महेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले आज कैलालीको

जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज

नेपालगन्ज । बहुमूल्य जडीबुटी सङ्कलन, प्रशोधन, भण्डारण र विदेश निर्यातका