१४ बैशाख २०८३, सोमबार | April 28, 2026

मणिमुकुन्द रनिङशिल्ड भलिबल कप : पर्वत तेस्रो, गुल्मी सान्त्वनामै सीमित



बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी ८ औं मणिमुकुन्द रनिङ शिल्ड भबिल कपको शनिबार सम्पन्न पहिलो खेलमा जिल्ला भलिबल संघ पर्वत तेस्रो हुन सफल भएको छ । उसले जिल्ला भलिबल संघ गुल्मीलाई ३-१ को सेटमा पराजित गर्दै तेस्रो बन्न सफल भएको हो ।

तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा पर्वतले पहिलो सेट २४-२६ मा गुमाए पनि त्यसपछिका ३ वटा सेटमा लगातार जित दर्ता गरेको हो । उसले २५-१६, २५-१८ र २५-२१ को अंकसहित जित निकालेको हो । प्रतियोगितामा पर्वतका सन्तोष श्रेष्ठ म्याद अफ दि म्याच घोषित भएका छन् । तेस्रो स्थान हासिल गरेको पर्वतले नगद राशी ५० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी पराजित भएको जिल्ला भलिबल संघ गुल्मीले नगद ३० हजारमा चित्तबुझाउनु परेको छ ।

यसैगरी उपाधिका लागि जिल्ला भलिबल संघ स्याङजा र जिल्ला भलिबल संघ नवलपुरका बीच प्रतिस्पर्धा हुदै छ ।

तिलोत्तमा-२ स्थित क्लबको खेल मैदानमा जारी प्रतियोगितामको विजेताले रनिङ शिल्डसहित नगद १ लाख ५० हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी उप विजेताले १ लाख नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । विधागततर्फ उत्कृष्ट खेलाडीले नगद १० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैरी बेस्ट सेटर, बेस्ट स्पाइकर, बेस्ट डिफेन्डर, बेस्ट ब्लकर तथा म्यान अफ दि म्याचलाई पनि पुरस्कारको व्यवस्था गरिएको क्बलका क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  २ : ३१ बजे

निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव

काठमाडौँ । सङ्घीय शासन प्रणालीलाई सुदृढ र संस्थागत गर्नका लागि

काठमाडौँका विभिन्न स्थानमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले सिक्री लुट्दै हिँड्ने एक गिरोहलाई पक्राउ

पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च पाउने व्यवस्था सर्वोच्चबाट खारेज

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशसहित

सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरूद्धको रिटमा कारण देखाउ आदेश

काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक

नेकपाको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मङ्सिर ११