५ पुस २०८२, शनिबार | December 20, 2025

तुलसीपुर विमानस्थलको डिपिआर पूरा



तुलसीपुर । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं १२ स्थित टरिगाउँ विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । डिपिआरअनुसार विभिन्न चार विकल्प दिइएको छ ।

अहिले रहेको धावनमार्गबाट सिधै लैजाँदा एक हजार पाँच सय मिटरमात्रै धावनमार्ग हुनसक्ने भएकाले उत्तरतर्फ तन्काएर एक हजार सात सय मिटर बनाउन सकिने, स्थानीयवासीको जग्गा लिजमा लिएर विमानस्थल विस्तार गर्न सकिनेजस्ता विकल्प रहेको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले जानकारी दिए ।

उनले डिपिआरमा दिइएका विकल्प माथि तुलसीपुरमा सरोकारवालासँग छलफल गर्ने तयारी रहेकोसमेत बताए । छलफलपछि निष्कर्ष निकाल्ने र त्यहीअनुसार सङ्घीय सरकारसँग बजेटका लागि पहल गर्ने तयारी रहेको जनाइएको छ ।

हाल विमानस्थलको धावनमार्ग सात सय ५० मिटरमात्रै लम्बाइ छ । त्यसमा १९ सिटेभन्दा ठूला जहाज बस्न सक्ने अवस्था छैन । त्यसैले यसलाई विस्तारका लागि तुलसीपुर उपमहानगरपालिकाले उपप्रमुख चौधरीको नेतृत्वमा समिति बनाएर दबाब दिइरहेको छ ।

हाल नेपाल एयरलाइन्सको १९ सिटे ट्वीनेटरले उडान भरिरहेको छ । आगामी फागुन ३ गतेदेखि सीता एयरको जहाजले पनि उडान भर्ने तयारी गरेको छ । तर भाडा भने रु आठ हजार कायम रहनेछ ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ७ : २३ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता