२४ फाल्गुन २०८२, आइतबार | March 8, 2026

निर्मला कुर्मी हत्या प्रकरण : ४८ दिनदेखी माइतीघरमा जारी आन्दोलन आजबाट स्थगित



काठमाडौं । बाँकेकी निर्मला कुर्मीको हत्यासम्बन्धी जाहेरीमा अनुसन्धान गरेर दोषीमाथि मुद्दा चलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहमत भएपछि माइतीघरमा ४८ दिनदेखि जारी आन्दोलन आजवाट स्थगित भएको छ ।

प्रधानमन्त्री दाहालले मंगलबार कुर्मीको न्यायका लागि आन्दोलनरत पक्षसँग वार्ता गरेर तीन बुदेँ सहमति गरेपछि माइतीघर मण्डलामा ४८ दिन देखी जारी आन्दोलन स्थगित भएको हो ।

सहमति अनुसार कुर्मीको अपहरण, शरीर बन्धक तथा हत्यासम्बन्धी जाहेरीमा अनुसन्धान गर्न विशेष अनुसन्धान टोली गठन गरिने छ ।

आन्दोलनरत पक्षका व्यक्तिको जीउज्यान सुरक्षाका लागि उचित समन्वय र प्रबन्ध गर्ने र अनुसन्धान प्रक्रियाको समीक्षा गर्ने गरी न्यायिक जाँचबुझ आयोगको माग यथावत् राख्दै हाललाई तेस्रो चरणको आन्दोलन स्थगित गर्ने गरी तीन बुदेँ सहमति भएको हो ।

सो बार्तामा सरकारको तर्फवाट गृहसचिव विनोदप्रकाश सिंह र प्रहरी महानिरीक्षक धिरजप्रताप शाहसमेत सहभागी थिए भने आन्दोलनकारीका तर्फवाट रुबी खानलगायतको उपस्थित थियो ।

तीन बुदेँ सहमतिमा रूबी खानलगायतले र सरकार तर्फबाट गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता जितेन्द्र बस्नेतले हस्ताक्षर गरेका छन् ।

निर्मला कुर्मिको न्यायिक आन्दोलनको माग सम्बोधन भएको भन्दै खानले आज बिहान ११ बजे माईतीघर मण्डलामा पत्रकार सम्मेलनको आयोजनासमेत गरेकी छिन ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ७ : ०५ बजे

झापाका पाँचै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’

भद्रपुर । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापाका पाँचै निर्वाचन

खोटाङबाट श्रम संस्कृति पार्टीको खाता खुल्यो, आरेन राई निर्वाचित

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत खोटाङबाट श्रम संस्कृति पार्टीले पहिलो

प्रतिनिधिसभा निर्वाचनमा रास्वपाको ऐतिहासिक सफलता, १२९ क्षेत्रको नतिजा आउँदा १०० सिटमा जीत

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ मतगणना जारी रहँदा राष्ट्रिय

इलाम-२ बाट एमाले उम्मेदवार सुहाङ निर्वाचित

इलाम । प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम-२ बाट नेपाल कम्युनिष्ट पार्टी

पाल्पा-२ मा रास्वपाका थापा विजयी

तानसेन । पाल्पा-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा माधवबहादुर