काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वस्वास्थ्यमन्त्री, बुद्धिजीवी एवं अधिकारकर्मी डा. मथुराप्रसाद श्रेष्ठको असामयिक निधनप्रति दुःख व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डले अधिकारकर्मी डा श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार, आफन्तजन र शुभेच्छुकमा समवेदना प्रकट गरेका छन् । डा. श्रेष्ठको आज बिहान उपचारका क्रममा निधन भएको हो ।


















प्रतिक्रिया