२४ बैशाख २०८१, सोमबार | May 6, 2024

बुटवलका पत्रकार मनोज हितंगाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु



बुटवल । गएराती बुटवलको नयाँ बसपार्कमा भएको मोटरसाइकल दुर्घटनामा परी रुपन्देहीका पत्रकार मनोज हितंगाको ज्यान गएको छ । बुटवलमा रहेर लामो समय देखी पत्रकारीता गरी रहेका पत्रकार मनोज हितंगाको गएराती करिव सवा ११ बजे मोटरसाइकल दुर्घटनामा परी ज्यान गएको हो ।

पूर्व-पश्चिम राजमार्गको बुटवल मिलनचोकबाट अस्पताललाईन तर्फ गईरहेका लु ८ प ९०६८ नम्बरको मोटरसाइकलमा सवार रहेका ३६ वर्षीय हितंगाको महेन्द्रनगरबाट काकडभित्ता तर्फ जार्दै गरेको सुदूरपश्चिम प्रदेश ०७-०२-००१ नम्बरको बस गएराति करिब सवा ११ बजे बुटवल नयाँ बसपार्क नजिकै एक आपसमा ठक्कर खादा उक्त दुर्घटना भएको थियो ।

दुर्घटनाबाट गम्भिर घाईते हितंगालाई स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगेकोमा उपचारकै क्रममा ज्यान गएको प्रहरीले बताएको छ ।

लामो समयदेखि टेलिभिजन क्यामेरा पर्शनको रुपमा कार्यरत हितंगा पछिल्लो समय एनएनटिभीको लुम्बिनी प्रदेश कार्यालयमा सम्वाददाताको रुपमा कार्यरत थिए । हितंगा प्रेस चौतारी नेपाल रुपन्देहीका सदस्य समेत हुन ।

पाल्पाको तानसेन नगरपालिकाका स्थायी बासिन्दा हितंगा करिव १५ बर्ष देखि बुटवलको बुद्धनगरमा बस्दै आएका थिए । हितंगाका बुवा, श्रीमती २ भाई रहेका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ८ : १४ बजे

सात हजार पशुपन्छीको उपचार

कैलाली । कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन

बाँकेमा पाँच हजार हेक्टर वनमा डढेलो

नेपालगञ्ज । बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच

टोटनह्याममाथि लिभरपुल ४-२ ले विजयी

काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले टोटनह्यामलाई पराजित गरेको

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

मकवानपुर । बागमती मन्त्रिपरिषद्को बैठकले  प्रदेशमा सरकारी काम काजको भाषा

भक्तपुरमा खुल्ला गुँला बाजा प्रतियोगितामा सम्पन्न

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा भएको खुल्ला गुँला बाजा प्रतियोगितामा