१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

राहदानी विभागले घोडेजात्राको बिदाको दिन पनि सेवा दिने



काठमाडौं । राहदानी विभागले मङ्गलबार अर्थात् घोडेजात्राको बिदाका दिन पनि आफ्नो सेवा दिने भएको छ । सरकारले घोडेजात्राका अवसरमा मङ्गलबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिए पनि राहदानी विभागले भने आफ्नो सेवा नरोकिने जनाएको छ ।

विभागका सूचना अधिकारी खिमानन्द भुसालले मङ्गलबार बिहान १० देखि दिउँसो साढे २ः३० बजेसम्म विभाग खुल्ने र सेवा प्रदान गरिने बताए । उनले भने, “भोलि मङ्गलबारका लागि आठ सय जनाले राहदानीका लागि फम भरेका र बिदा परेकाले पनि हामीले २ः३० बजेसम्म हाम्रो सेवा दिनेछौँ ।”

यसैगरी, विभागले मङ्गलबार बिदाका दिनमा पनि आफ्नो सेवा दिने विषयमा एक सूचनासमेत सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ८ : ४७ बजे

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा