१७ बैशाख २०८१, सोमबार | April 29, 2024

माओवादी र एकीकृत समाजवादीमा इमान्दार कार्यकर्ता धेरै छन् : एमाले अध्यक्ष ओली



बुटवल । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट सरकार ढालेर विदेशीको इशासारमा कांग्रेसको नेतृत्वमा रहनेहरुलाई कम्युनिष्ट भन्ने अधिकार नै नभएको बताएका छन् । आज बुटवलमा मिसन ग्रासरुट अभियानलाई सम्बोधन अर्दै ओलीले कम्युनिष्टको सरकार ढालेर पार्टी फुटाउनेहरुलाई पार्टीको नाम कम्युनिष्ट राख्ने अधिकार नभएको बताए ।

माधव नेपाल र प्रचण्ड प्रति कटाक्ष गर्दै ओलीले भने, ‘कम्युनिष्टको सरकार ढाल्ने, पार्टी फुटाएर वाखै खेल्ने, तहननहस बनाएर अरु देशलाई रिझाउनेहरुले नाम कम्युनिष्ट राखेर हुँदैन ।’

उनले माओवादी र नेकपा एसमा नेताहरु खराब भएपनि इमान्दार कार्यकर्ताहरु धेरै भएको उल्लेख गर्दै उनीहरुलाई भ्रमबाट मुक्त पारिनुपर्ने बताए । उनले दुवै पार्टीमा रहेका नेताहरुले नेपालको कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाएकाले नेताहरु छाडेर इमान्दार कार्यकर्तालाई एमालेतर्फ ल्याउनुपर्ने बताए ।

एकीकृत समाजवादी पार्टीलाई व्यङ्ग गर्दै अध्यक्ष ओलीले पार्टी फुटाउने, चोइटाउनेको नाम एकीकृत राखेको भन्दै टिप्पणी गरे । ‘उनीहरु फाटोवादी हुन्, अनि कम्युनिष्टको सरकार ढलाएर कांग्रेसको सरकार बनाउन बिन्ति बिसाउने, पार्टी फुटाएर पूँजीवादीको पुच्छर बनेर कांग्रेससँग गठबन्धन गरेर घाँटी जोड्ने अनि नाम चै समाजवादी राखेर भ्रमित बनाउने ?’, ओलीले भने, ‘यसरी केही इमानदार कार्यकर्ता भ्रममा छन् उनीहरुलाई वास्तविकता बुझाएर पार्टीमा ल्याऔं, उचित जिम्मेवारी दिऔं ।’

नेता ओलीले एमालेले ल्याएको विकास र समृद्धिका योजनाका विषयमा पार्टीपंक्ति जनतासमक्ष जान नसकेको बताउँदै एमालेको योजनालाई जनतामा चिनाउन अहिलेको मिसन ग्रासरुट अभियान ल्याइएको बताए ।

‘हामीले असल अभ्यासको थालनी गर्यौ, ३० वर्षमा हुन नसकेका काम ९ महिनामै गर्यौ, तर हामीले जनतालाई बुझाउन सकेनौं, यति धेरै शक्तिशाली पार्टी कमिटी निस्कृय बस्यो, आफ्ना जिम्मेवारी पूरा गरेनौ अब त्यसरी चल्दैन,’ उनले भने, ‘अब धार लगाऔं, विकास र समृद्धिको बाहक बनौं, एमालेलाई बहुमत ५१ प्रतिशत ल्याउनेगरी अहिलेको मिसन पूरा गरौं ।’

अहिले युवा पुस्तामा समेत राजनीतिक सचेतना पुगेको भन्दै त्यो पिँढीमा एमालेको अभियान पुराउन नेता कार्यकर्तालाई निर्देशन दिए ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ६ : ३७ बजे

इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै

इलाम । इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनको मतगणना

आज कस्तो रहला देशभरको मौसम ?

काठमाडौं । नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव

सम्पत्ति शुद्धीकरण मुद्दामा न्यौपानेलाई तीन वर्ष कैद

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ

आज राति कोसी, बागमती, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

गौशालामा आहारा खुवाएर बुटवल उपमहानगर कर्मचारी एशोसिएसनले मनायो २७ औँ स्थापना दिवस

बुटवल । शिवनगर सामुदायीक वनमा नन्दिनी गौशालामा रहेका गाई/गोरुहरुलाई आहारा