३१ असार २०८३, बुधबार | July 15, 2026

बालसुधार गृहका २४ जनाले दिए एसइई



नेपालगन्ज । अपराध कर्ममा फसेका बालकलाई सरकारले संचालन गरेको बाँकेको जयेन्दु बाल सुधार गृहबाट २४ जनाले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका छन् । बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६, आसमानपुरमा रहेको बाल सुधार गृहमा रहेका २४ जनाले एसइई परीक्षा दिएका हुन् ।

दुई सय बढी बालक बन्दी रहेको गृहबाट २४ जनाले शुक्रबार एसइर्इ दिएका छन् । उनीहरुका लागि नेपालगन्जको युद्ध संस्कृत माविमा उनीहरुको केन्द्र तोकिएको भएपनि उनीहरुले बाल सुधार गृहबाटै परीक्षा दिएका छन् ।

बाँकेमा यसपालीको एसइईमा ९ हजार २३ जनाले फारम भरेकोमा ४ हजार ४ सय ९४ जना छात्रा र ४ हजार ५ सय २९ जना छात्र रहेका छन् ।

पहिलो दिनको परीक्षामा कोहलपुरका ज्ञानज्योती मावि, चप्परगौडीबाट अमर्यादित गतिविधि गरेका दुई जना शिक्षकलाई निष्कासन गरिएको शिक्षा समन्वय इकाई, नेपालगन्जका अधिकृत उद्धव श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ८ : ४९ बजे

३४ लाख ६६ हजार लगानीकर्ता टिएमएसमार्फत शेयर कारोबारमा सक्रिय

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले हालसालै सार्वजनिक गरेको नेपाल पुँजीबजार

लायन्स क्लब अफ बुटवलको वार्षिक साधारणसभा सम्पन्न, गभर्नर्स टिमलाई सम्मान

बुटवल । लायन्स क्लब अफ बुटवलले वर्ष २०२६/२७ को आफ्नो

कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा चार मन्त्रीको राजीनामा राजीनामा स्वीकृत

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट सहभागी चार

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवर्द्धनका निम्ति द्रुत