९ पुस २०८२, बुधबार | December 24, 2025

अभिलेख संरक्षणसम्बन्धी विधेयक स्वीकृत



काठमाडौं । प्रतिनिधिसभाबाट ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७८ स्वीकृत भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किरातीले प्रस्तुत गरेको राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत भएको हो ।

मन्त्री किरातीले प्रस्तावमाथि उठेका जिज्ञासाका सम्बन्धमा अभिलेख संरक्षणसम्बन्धी व्यवस्था प्रविधिमैत्री बनाउन कानुन संशोधनको आवश्यकता परेको बताए । उक्त प्रस्तावको सैद्धान्तिक छलफलमा सांसदहरू सुमना श्रेष्ठ, हितराज पाण्डे, मेटमणि चौधरी, रामकृष्ण यादव, महेशकुमार वर्तौला, नागिना यादव, सोविता गौतमलगायतले भाग लिएका थिए ।

उनीहरूले संसारको सबैभन्दा मूल्यमान वस्तु अभिलेख भएकाले अभिलेख व्यवस्थित र सुरक्षित तथ्याङ्क राख्ने उद्देश्य रहेको विधेयकलाई समृद्ध तुल्याउन सबै पक्ष र पाटोबाट सहयोग हुन आवश्यक बताएका थिए ।

यसअघि बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट संस्कृत, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको चौथो वार्षिक प्रतिवेदन, २०७९’ पेश गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही चैत २७ गते दिउँसो १ बजे बस्नेछ ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ५ : ५३ बजे

जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२ औँ जन्मजयन्ती

पाटन । विगतका वर्षमा जस्तो ललितपुरको बाँडेगाउँस्थित पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई

अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं । राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार

कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा

मुस्ताङ । नेपाल-चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड

सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

काठमाडौं । सरकारले निर्वाचनको वातावरण बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा),