१५ बैशाख २०८१, शनिबार | April 27, 2024

सिरहाको सीमानामा प्रहरी प्रशासनकै आडमा खुलेआम तस्करी



सिरहा । भारतीय बजारसँगै जोडिएको हुनाले सिरहाका सीमानाकाहरूबाट पछिलो समय तस्करी निकै मौलाउँदै गएको छ ।जिल्लास्थितका सीमानाकामा तैनाथ गरिएका सशस्त्र प्रहरी बल, सीमा सुरक्षामा खटाइएको प्रहरी र प्रशासनहरूकै सेटिङमा तस्करी बढिरहेको छ । पूर्वीनाकाहरू ठाडी, झाझपट्टी, बरहरी, वरियारपटी, औरही र खैरटोका ९माडर०मा गरि सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र भन्सारका कर्मचारीहरूकै आर्थिक सेटिङमा तस्करहरूले चौविसैघण्टा खुलेआम रुपमा तस्करी गरिरहेको स्थानीहरू आरोप लगाउँछन् ।

सशस्त्र प्रहरीवलको ७ वटा बिओपी र नेपाल प्रहरीको सोही सीमानाका क्षेत्रमा ७ वटा इलाका प्रहरी कार्यालय रहे पनि तस्करहरूले लाइन क्लियर गर्न इलाका प्रमुखदेखि जिल्ला प्रमुख समेतलाई मोटो रकम तिरेर तस्करको राज नै चलाएको आरोप छ । बुधबार मात्र माडरको बीच बाटोबाटै सशस्त्र प्रहरी बलले यात्रुबाहक सवारीसाधन विङ्गरमा चोहर्वा तर्फ ल्याइरहेको अवस्थामा २० बोरा चिनी नियन्त्रणमा लिएको शसस्त्र प्रहरी बल नेपाल नः७ गण हेक्वा सिरहाका प्रमुख प्रमोद भारतीले जानकारी दिए ।

माडरबाट चोहर्वातर्फ आइरहेको विङ्गरमा ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरीले ५० केजी दरको २० वटा बोरा बरामद गरेको हो । यात्रुबाहक गाडीमा लोड गरी ल्याएको चिनीको जिम्मा कसैले नलिएको भन्दै सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा बरामद गरेको जनाएको छ । नियन्त्रणमा लिएको चिनी आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय माडरमा बुझाएको सशस्त्र प्रहरी बल प्रमुख भारतीले जानकारी दिए ।

तस्करीमा प्रयोग भएको सवारीसाधान नियन्त्रणमा नलिनुको कारणबारे जिज्ञासा राख्दा उनले यो आन्तरिक मामिला भएकोले तत्काल बताउन नसकिने बताए । उनले ‘अहिले तत्कालै सबैकुरा बताउन सकिन्नँ थप सूचना चाहिए हेडक्वाटरमा सम्पर्क गर्नुस्’ भन्दै गैरजिम्मेवार जवाफ दिएर फोन काटे ।प्रहरीले बेवारीसे भनेको चिनी र चिनी बोकेको सवारीसाधन गोलजार नगरपालिका ८ चोहर्वाका लाल नाम गरेको व्यवसायीको रहेको स्रोतको दाबी छ ।

अस्ति मंगलबार बिहान पनि तस्करी भइरहेको गुनासोपछि सिरहा नगरपालिका ९ गुलरियाबाट भन्सार छली ल्याएका १५ बोरा मैदा प्रहरीले नियन्त्रणमा लियो । मडरबाट चोहर्वातर्फ ज १ ज ३१५ नम्बरको म्याजिकमा ल्याइरहेको सूचनाको आधारमा प्रहरीले मैदा नियन्त्रणमा लिएको हो ।

सिरहा प्रहरीले मैदासहितको सवारीसाधन नियन्त्रणमा लिए पनि केहीबेरमै तस्करी गरी लाइएका सवारीसाधन भाडाको रहेको भन्दै छोडेको थियो । सीमावर्ती क्षेत्र माडरबाट नगर प्रहरी, जिल्ला प्रहरी कार्यालय अगाडिबाटै ज १ ज ३१५ नम्बरको म्याजिकमा भालकसहित दुईजना सवारलाई नियन्त्रणमा लिए पनि प्रहरीले मोटो रकमको चलखेलगरी पक्राउ गरिएको केहीबेरमै सवार व्यक्ति र म्याजिकलाई छोडिएको स्रोतको दावी छ । स्थानीयको गुनासोपछि म्याजिकसहित नियनत्रणमा लिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

तर, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता रविन्द्रराज पाण्डेका अनुसार ३० हजार मूल्य बरावरको १५ बोरा मैदा बेवारिसे रहेको अवस्थामा प्रहरीले बरामद गरेको उनले बताए । बरामद गरेको मैदा भन्सार कार्यालय बुझाएको प्रहरीले जनाएको छ । प्रहरी प्रशासनकै निरीहताका कारण जिल्लाको माडर, औरही, बरियारपट्टी नरगी, कुसन्डी, झाझपट्टी, चतरी, कल्याणपुर, पटेर्वा लगायतका नाका तथा चोरबाटो प्रयोग गरी यस क्षेत्रमा व्यापक चोरी तस्करी बढेपछि भन्सार कार्यालय माडरको राजश्व असुली अवस्था निरन्तर खस्किँदै गइरहेको तथ्यांकले देखाउँछ ।

भन्सार कार्यालय माडर खैरटोकाले ९ महिनामा लिएको वार्षिक लक्ष्य जम्मा १९ करोड ९५ लाख ४६ हजारमा कुल रकमको ३१ प्रतिशत अर्थात ६ करोड २४ लाख ३४ हजार रुपैया राजस्व मात्र असुली भएको सिरहा भन्सार कार्यालय माडर खैरटोकाका सूचना अधिकारी नायब सुब्बा गोपाल महतोले जनाएको छन् ।

चालु आर्थिक वर्षको साउनदेखि चैत्र मसान्तसम्मको नौ महिनाको तथ्यांकले नै सिरहा जिल्लामा तस्करी भइरहेको पुष्टि गर्छ। तस्करहरूले सिमानाकामा बस्ने प्रहरी जवानदेखि सशस्त्र एसपी, नेपाल प्रहरीका एसपी, भन्सार प्रमुख लगायतका कर्मचारीहरूलाई एकमुष्ठ रुपमा मोटो रकम तिरेर नाकाहरूको वरिपरि राखिएको गोदाममा भण्डारण गर्ने र रातभरी निर्धक रुपमा प्रहरी प्रशासनकै आँखा अगाडिबाट तस्करी गर्ने गरेको स्थानियहरू बताउँछन् ।

सीमानाका तस्करीको विशेष निगरानी गर्न खटाइएका सशस्त्र प्रहरी, नेपाल प्रहरीहरूले नै नजराना लिएर आफूहरुको संरक्षण गर्ने गरेका नाम उल्लेख नगर्ने सर्तमा एकजना तस्करले बताए । उनले भने, ‘प्रहरी प्रशासनलाई मासिक रुपमा आफूहरूले लाखौं रुपैयाँ बुझाएर मात्र मालसमान ओसार पसार गर्ने गरेका छौँ ।’

माडर, औरही, बरियारपट्टी नरगी, कुसन्डी, झाझपट्टी, चतरी, कल्याणपुर, पटेर्वा लगायतका नाका तथा चोरबाटोहरू प्रयोग गरी तस्करहरूले रातिको समयमा चिनी, कपडा, मोटरपार्टस्, किरानाको सामान, ग्याँस चुल्हो, पान मसाला, सुर्तीजन्य पदार्थ९रजनीगन्धा, गुटखा० भन्सार राजश्व छली गरी वारी (नेपाल) भित्र्याउने र वारि ९नेपाल०बाट व्यापक रुपमा मदिरा, चाइनिज स्याउ, सुपारी लगायतका सामाग्रीहरू पारि (भारतीय बजार) पु-याउने गरेको स्थानीयले बताए ।

नाम उल्लेख नगर्ने सर्तमा ती स्थानीय भन्छन्, ‘यस क्षेत्रबाट रातभरी प्रहरी प्रशासनकै सेटिङमा भारतीय बजारबाट मालसमान ल्याएर टेम्पो, पिकअप र मोटरसाइकलमार्फत सिरहा सदरमुकाम लगायतका बजारहरू मिर्चैया ,गोलबजार,लाहान, लगायतको वजार सम्म ल्याइन्छ ।’ सुरक्षाकर्मीले नै तस्करहरूलाई ‘लाइन क्लियर’ रहेको संकेत गरेपछि उनीहरूले सामान ढुवानी गर्न सुरु गर्ने उनले बताए । यसबारे कसैले प्रहरीलाई खबर गरेर बेवास्ता गरिदिने उनको भनाइ छ ।

यता भारतीय वजारबाट भन्सार छली गरी ल्याइएका सामान भण्डारण गरिने लहान, सिरहा, मिर्चैया र गोलबजारका गोदामबारे स्थानीयबासी जानकार रहेपनि प्रहरी प्रशासन वेखवर झै गुमनाम भएर बसेका छन् । राज्यले नै आर्थिक संकट झेलिरहेको अवस्थामा राजश्व छली गरी भारतीय बजारसँगै जोडिएका सीमानाकामा विगत लामो समयदेखि तस्करी भइरहँदा र सुरक्षा निकायका प्रमुखदेखि भन्सार कर्मचारीले मोटो रकम असुली गरिरहँदा पनि सरोकारवाला निकाय मौन भएर बसेका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहिबार  १२ : १९ बजे

पाल्पाको तिनाउ सिमखोलामा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका २ सिसखोलामा ट्रिपरको ठक्करबाट एक

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

पोखरा । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

‘पर्यटन, कृषि, जलविद्युत परियोजनामा लगानी जुटाउन सके मुलुक समृद्ध बन्छ’

काठमाडौं । आइतबारदेखि दुईदिने ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नेपालमा सुरु

करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सीले लियो गरिब तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व

बुटवल । बुटवलमा संचालनमा रहेको करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सी प्रालीले

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म