२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

बुटवलको डेल्टा मार्टमा ‘जुत्ता घर’ले बढ्यो चहलपहल



बुटवल । प्रतिष्ठित कम्पनीहरुका उत्पादन एकै ठाउँमा पाउने बुटवलको ‘नेपाली जुत्ता घर’मा सेवाग्राहीको चहलपहल बढ्दै गएको छ । अवलोकन तथा किनमेलका लागि आउने सेवाग्राहीका कारण जुत्ताघर रहेको डेल्टा मार्टको रौनकनै बदलिएको हो ।

बुटवलको मिलनचोक स्थित मार्टको पहिलो तल्लामा नेपालका ९ प्रतिष्ठित फुट वेयर कम्पनीका उत्पादनहरु राखिएका छन् । जुत्ता घरमा बालबालिका, विद्यार्थी तथा युवाहरुको किनमेलका लागि भिड लाग्ने गरेको सञ्चालक उत्तम देवकोटाले बताए । जुत्ताघर सञ्चालनको अवसरमा विशेष छुटकासाथ डिलर मुल्यमै जुत्ता चप्पल खरिद गर्न पाउने भएपछि ग्राहकको पहिलो रोजाई बन्दै गएको उनले बताए ।

नेपालका प्रमुख जुत्ता उद्योगहरु एकआसपमा प्रतिस्पर्धा नगरी सहकार्यको थालनीमा अगाडि बढाउँदै उनीहरुले सामूहिक बजार व्यवस्थापनको रणनीति अनुसार जुत्ता घर सञ्चालनमा ल्याएका हुन् । पहिलो अभ्यासका रुपमा नेपाली उत्पादनलाई उपभोक्ता बीच सहज ढंगले पुर्याउन ९ यस्ता उद्योगले बुटवलमा एकै छानामुनि नेपाली जुत्ता घर संचालनमा ल्याएका हुन् । स्वदेशी फुटवेयर उत्पादनका बारे उपभोक्ताहरुलाई एकै ठाउँबाट अवलोकन र जानकारी गराउने, स्वदेशी उत्पादनको प्रवर्द्धन र कम्पनीका आफ्नै रिटेल आउटलेट मार्फत उपभोक्तालाई जानकारी गराउँदै बाहिरी बजार समेत विस्तार गर्ने उद्देश्यकासाथ जुत्ता घरको अवधारणा ल्याइएको जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले बताए ।

ग्राहकको आकर्षण र उत्साहजनक व्यापारले अब विदेशी जुत्ता चप्पल, छालाका वस्तुहरुको आयातलाई प्रतिस्थापन गर्न सकिने आशा पल्हाएको उनले बताए । नेपालका उद्योगहरुले नै गुणस्तरीय उत्पादन गर्न सफल रहेको बताउँदै उनले ती उत्पादनहरुको नक्कल गरेर विदेश बजारबाट आयातित वस्तुबाट ग्राहक ठगिने गरेकोप्रति दुःख व्यक्त गरे । उपभोक्तालाई गुणस्तरीय र स्वदेशी उत्पादन बारे जानकारी गराउन पनि जुत्ता घरले सहयोग गरिरहेको उनले बताए । उनका अनुसार नेपालका जुत्ता उद्योगहरुमा ३५ अर्ब बढी लगानी रहेको तथा ती उद्योगहरुमा ६५ हजार बढीले रोजगार प्राप्त गरिरहेका छन् ।

जुत्ता घरमा स्कूल सुज, क्याजुअल सुज, स्पोर्टस सुज, पार्टी वेयर लगाएतका जुत्ता चप्पलहरु उपलब्ध हुनुका साथै उद्योगहरुको आफ्नै आउटलेट मार्फत ५ हजार बढी मोडलका उत्पादनहरु उपलब्ध रहेको जुत्ता घरका सञ्चालक चोलाप्रसाद पाठकले जानकारी दिए ।

जुत्ता घरभित्र हाल पवित्र शुज इण्डष्ट्रिज प्रालिको शुल्यान्ड, रन शु इण्डष्ट्रिज प्रालिको रन शुज, बेस फुटवेयर इण्डष्ट्रिज प्रालिको बि एफ डियर हिल, लालिगुरास फुटवेयरको कस रोड, शुभकामना फुटवेयरको फस्ट वाल्क, बल्याक हर्स शुज इण्डष्ट्रिज प्रालिको बल्याक हर्स, स्मार्ट शुज इण्डष्ट्रिजको स्मार्ट तथा एक्सन शुज इण्डष्ट्रिजको टुरिष्ट तथा शिखर शुज ईण्डष्ट्रिजको शिखरब्राण्डका उत्पादनहरु उपलब्ध रहेका छन् ।

 

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ४ : १२ बजे

फेवातालमा कार खस्दा चालकको मृत्यु

कास्की । पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा परेर एक

कारागार सुरक्षाको जिम्मा नेपाली सेनालाई

दार्चुला । दार्चुला सदरमुकाम खलङ्गामा रहेको कारागार कार्यालयको सुरक्षा नेपाली

खाँदबारी नगरपालिकाद्वारा अनुदानमा मौरीसहितका घार वितरण

सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिकाले कृषकको आयआर्जन वृद्धि र व्यावसायिक

आज मध्यान्नसम्म तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ

आज भ्यालेन्टाइन डे

काठमाडौं । आज फेब्रुअरी १४, विश्वभर मनाइने भ्यालेन्टाइन डे अर्थात्